कालीकोट समाचारदाता
कालीकोट माघ २० गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाले आफ्नो अस्पतालमा थप सेवा बिस्तार गरेको छ । गत भदौवाट सञ्चालनमा आएको नगरको १५ श्यायका अस्पतालमा भिडियो एक्स–रे इसिजि लगाएतका सेवासंगै अव आँखा उपचार पनि सुरु भएको छ । नागरिकलाई सबै सेवा बिस्तार गर्ने लक्षय लिएको नगर अस्पतालमा अब देखि आँखाका बिरामी अन्यत्र जानु पर्ने छैन । यस भन्दा अगाडी यो सेवा नहुदा सेवाग्राही अन्यत्र जानु पर्ने बाध्यता थियो ।
नगर उपप्रमुख महेन्द्रवहादुर शाहीले अस्पतालमा आँखा सम्वन्धी पनि उपचार सुरु भएकाले सेवा लिन नागरिकलाई अनुरोध गर्नुभयो । हामीले बिस्तारै सबै सेवा सुचारु गर्न थालेका छौ । अव दन्तरोगको पनि उपचार नगर अस्पतालमै हुने उपप्रमुख शाहीले सुनाउनुभयो । यस अघि भिडियो एक्स–रे सेवा सुचारु हुदा गर्भवती महिलाहरुलाई कालीकोट सदरमुकाम मान्म र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला जानु पर्ने बाध्यता टरेको छ । नगरउप्रमुख शाहीले सामान्य पेटको समस्या, आँखाको समस्या हुदा जिल्ला तथा नगरपालिका वाहिर जानु पर्ने अबस्थाको अन्ते भएको सुनाउनुभयो ।
अस्पतालमा चिकित्सक टंक आचार्यले भिडियो एक्स–रे सेवा दिनु हुने भएको छ । लामो समय बिभिन्न जिल्लाका अस्पतालमा काम गर्नु भएका डाक्टर टंक प्रसाद आचार्य नेतृत्वको चिकित्सकको टोलीले नगर अस्पतालमा सेवा दिदै आएको छ । अस्पतालमा आँखाको उपचार संगै भिडियो एक्स–रे सेवा सुचारु हुदा सेवाग्राहीलाई पनि सहज भएको छ । वडा नं ४ का पुर्व वडा अध्यक्ष खड्कराज शाहीले आफु कार्यपालिका सदस्य हुदा देखि जारी राखेको स्वास्थ्य सेवाले अहिले पुर्णता पाउदै गर्दा आफ्नो मन पनि उत्साहित हुने गरेको प्रतिक्रिया दिनुभयो ।

यस अघि ज्वरो आयो भने टाईफाईट भयो की भनेर रगतको जाँच गर्न जिल्ला अस्पताल मान्म वा जुम्ला जानु परिरहेको थियो । अहिले नगर अस्पतालले सबै सेवा सुचारु गर्दा नागरिकलाई निकै सहज भएको शाहीले सुनाउनुभयो । अव आफ्नै आगनमा यो सेवा पाउदा खुसि लागेको शाहीले प्रतिक्रिया दिनुभयो । अस्पतालका प्रमुख डाक्टर टंक प्रसाद आचार्यले गर्भवतीसंगै आँखाका बिरामी र स्वास्थ्य समस्या भएका सबै नागरिकको उपचार गर्न आफुलाई पनि सहज भएको सुनाउनुभयोे ।
आफु भएर मात्र भएन साधन नहुदा वाध्य भएर अन्य अस्पतालमा आँखाका बिरामी, रगत परिक्षण गर्नु पर्ने र भिडियो एक्स–रे गर्नु पर्ने सेवाग्राहीलाई रेफर गर्ने गरेको सुनाउदै डाक्टर आचार्यले अब धेरै नागरिकका समस्या नगर अस्पतालवाटै समाधान हुने बिश्वास ब्यक्त गर्नुभयो । आँखाको भरपर्दो सेवा नहुदा प्राय आँखाका बिरामी वाँकेको नेपालगन्ज फुल्टेक्रा अस्पताल कैलालीको अतरियामा रहेको गेटा अस्पतालमा जाने गरेका थिए । अव भने ठुलै आँखाको समस्या भए मात्र जिल्ला वाहिर जानु पर्ने छ । नत्र सामान्य उपचारका लागि नगर अस्पतालमै सेवा बिस्तार हुदा सहज हुने स्थानीयको भनाई छ ।
तिलागुफा नगर अस्पतालमा आँखाको उपचार सेवा बिस्तार तस्वीरः प्रेमराज सिम्खडा





