सामान्य बिषयमा अतिरन्जित गरेको प्रति मुख्यमन्त्री कडेलको आपती

सामान्य बिषयमा अतिरन्जित गरेको प्रति मुख्यमन्त्री कडेलको आपती

कालीकोट, समाचारदाता
कालीकोट मङसिर ९ गते
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले सामान्य बिषयलाई अतिरन्जित गरेर समाजलाई भाड्ने प्रयात्न भएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । सोमवार कालीकोटको सान्नी त्रिवेणी गाउँ पालिकामा कार्यक्रम गरि फर्कदै गर्दा रास्कोट नगरपालिकामा केही युवाले जवरजस्ती गाडी रोक्न खोजेर गरेको अवरोधको सामान्य घटनालाई अतिरन्जित बताउनुभएको हो ।
सामाजिक संजालमा आएका भिडियो र टिकाटिप्पणीले सामाजलाई बिखण्डन गर्ने बताउदै मुख्यमन्त्री कडेलले यसप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको छ । जटिल भौगोलिक अवस्था र पछिल्लो परिस्थितिका बीच धेरैले तत्काल त्यहाँ सडक मार्गबाट नजान सल्लाह दिंदादिदै पनि स्थानीय नागरिकसँग आफू स्वयमले साक्षात्कार गर्ने र त्यहाँको वास्तविक अवस्थाबारे जानकारी लिने उदेश्यले सडक मार्गबाट सान्नी त्रिवेणी पुग्दा मलाई लाभ नै भएको महशुस भएको छ ।
कार्यक्रम समापन पछि केही परिचालीत युवाले गाडी रोक्ने प्रयास गरेका थिए । त्यही समयमा युवाले आफुलाई गाडीले किचेको भन्दै अस्पतालको वेर्डमा पट्टी लगाएको फोटा र भिडियो सार्वजनिक गरेर घटनालाई अतिरञ्जीत समेत गरेका छन । प्रत्यक्ष दर्सि मदन बहादुर शाहीले गाडीले कसैलाई पनि केही ठक्कर नदिएको अनाबास्यक भिडियो बनाएर केही परिचालीत युवाले झुटो प्रचार गरेको बताउनुभयो । संगै रहनु भएका कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले पनि दिनभरी कार्यक्रम राम्रो भएको र जेनजीका प्रतिनिधिले पनि पत्र मुख्यमन्त्रीलाई दिएको सहज हुदा साँझपख केही युवाले बेकारको निउ खोजेको बताउनुभयो ।
लामो स्टाटसमा मुख्यमन्त्री कडेलले मेरो पदिय जिम्मेवारीले सुविधाभोगका लागि हेलिकप्टर प्रयोग गर्न पनि सकिन्थ्यो होला तर मैले मितव्ययितालाई फलामे अनुशासन ठान्दछु र त्यस्तो सुविधाभोगमा मेरो रूचि समेत छैन। सान्नी त्रिवेणीमा मैले त्यहाँका जेन्जी पुस्ताका भाइहरूसँग स्थानीय समस्याका बारेमा सम्वाद र छलफल गरि समस्यावारे बुझ्ने र जान्ने मौका समेत पाएको थिए । लोकतन्त्र, नागरिक सर्वोच्चतता, सुशासन, अभिव्यक्ति स्वतन्त्रता जस्ता नागरिकका आधारभूत मूल्य मान्यताप्रति मेरो अटल विश्वास छ र, यि विषयहरू मेरा राजनितिक जीवनका आदर्शहरू हुन लामो स्टाटसमा मुख्यमन्त्रीले लेख्नु भएको छ ।
नागरिकले लोकतन्त्रमा शान्तिपूर्ण रूपमा आफना धारणा राख्न र निर्वाध अभिव्यक्त गर्न पाउनु मुख्यमन्त्री कडेलले यसैमा आफ्नो उर्जाशिल जिवन खर्च भएको बताउनुभयो । तर, आफनो अधिकारको प्रयोग गर्दा कर्तव्य विर्सन हुँदैन र हेक्का राख्नु पर्दछ भन्ने म ठान्दछु । भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याप्रति सरकार रहँदा वा नरहँदा खरो रूपमा अभिव्यक्त गर्ने र व्यवहारमा उतार्ने मध्येको म पनि एक हो। मैले सार्वजनिक ठाँउहरूमा समेत भन्दै आएको छु, जेन्जी पुस्ताका सकारात्मक मागहरूप्रति बिरोध होइन सर्मथन गरेर अगाडि बढनु पर्दछ तर समाजमा आंतक र भयवित सृजना गरेर आफना निहित उदेश्य पूर्ति गर्ने छुट कसैलाई मुख्यमन्त्री कडेलले भन्नुभयो ।
मुख्यमन्त्री कडेलले आफु सार्वजनिक पदमा रहँदा वा नरहँदा सार्वजनिक जिम्मेवारीप्रति जवाफदेहितालाई प्रमुख ठानेको छु । कसैले मसंग सम्बन्धित विधि सम्मत् आफ्ना विषय र धारणा अभिव्यक्त गर्दा वा राख्दा म भाग्नु पर्ने कुनै कारण छैन र रहने पनि छैन। सबै विषयहरू छलफल र सम्वादको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने म ठान्दछु । तर म उक्त विषयकाबारेमा सुर्खेत पुगिसकेपछि मात्र थाह पाएर कालीकोटका प्रमुख जिल्ला अधिकारीलाई वास्तविकता पत्ता लगाएर सार्वजनिक गर्न आग्रह गरेको छु ।
मुख्यमन्त्री कडेलले युवा भाइहरूलाई आफनो गाउँ ठाउँको विकास र समृद्विका लागि आफनो उर्जाशिल समयलाई रचनात्मक काममा लगाउन र केहि समस्या भए छलफल र सम्वादको माध्यमबाट समाधान निकाल्न तथा विषयलाई अतिरन्जित नगर्न आव्हान आग्रह समेत गर्नुभएको छ । आफुलाई जोडेर भएको प्रचारबाट कोही पनि भ्रमित नहुँन मुख्यमन्त्री कडेलले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित