सुर्खेत, असार १३ ।
कर्णालीमा Pride Month को समापन अवसरमा आयोजित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार, समानता र सम्मानका लागि १० बुँदे सामूहिक लिखित प्रतिबद्धता गरिएको छ ।
ईन्द्रेणी समाजकी अध्यक्ष अञ्जली बिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोक नाथ योगी प्रमुख अतिथिको रुपमा सहभागी हुदै बिभेद अन्तेका लागि लामो समय गरिएको संघर्षले प्रतिफल दिन लागेको बताउनुभयो ।
उहाँले महिला बालवालिका, लैगिक तथा यौनिक अल्पसंख्याक र सामाजिक सुरक्षा मन्त्रालय समेत बनेको स्मरण गराउनुभयो । यो कुरा चानचुने कुरा होइन गैरसरकारी सँस्थाहरुको लामो पसिनाको प्रतिफल हो योगीले भन्नुभयो । कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का डम्बर रोकाया, सेभ द चिल्ड्रेनका बाले विश्वकर्मा, नवकिरण प्लसका देवेन्द्र पाठक, पत्रकार, नागरिक समाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
CCR Karnali, SAADA Nepal र ईन्द्रेणी आवाजको आयोजना अदै सेभ द चिल्ड्रेनको सहयोगमा सम्पन्न कार्यक्रममा यौनिक अल्पसंख्यक सोनु चौधरीलाई सम्मान गरिएको थियो।
प्रमुख अतिथि योगीले विविधताको सम्मान, समान अधिकार र समावेशी समाज निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै “कसैलाई नछोडौं, पछि नपारौं“ भन्ने नीति व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए ।





