प्रेमराज सिम्खडा
कालीकोट असाेज २९ गते । नेपाली कांग्रेसको देउवा समूह कालीकोटको जिल्ला अधिवेशनबाट नगेन्द्र बहादुर बिष्ट सभापतिमा निर्वाचित हुनुभएको छ।
दुई दिन सम्म चलेकाे अधिबेशनबाट बिष्ट सहित सबै पदाधीकारी सर्वसम्बत निर्वाचित हुनुभएकाे हाे ।
उपसभापतिमा भरत मल्ल र केसर सिंह बम निर्वाचित हुनुभएको छ। त्यसैगरी नेत्र शाही र सबिन बिष्ट सचिवमा निर्वाचित हुनुभएको छ भने धिर शाही र मनबहादुर बुढा सहसचिवमा निर्वाचित हुनुभएको छ।
जिल्ला अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै काग्रेस नेता भुपेन्द्रजङ शाहीले बलियाे काग्रेस निमार्णका लागि कालीकाेट जिल्ला युवाकाे जिम्मा लगाएकाे बताउनुभयाे ।
नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जिल्लामा पार्टीको गतिविधि प्रभावकारी बनाउने अपेक्षा गरिएको शाहीले बताउनु भएकाे छ।
नवनिर्वाचित कांग्रेस सभापति सहितक पदाधिकारी तस्वीर: नेपाली काग्रेस कालीकाेट ।





