बाख्रा चराउँदै किताब पढ्ने किशोरीः जिम्मेवारी र शिक्षाप्रतिको अदम्य लगाव

बाख्रा चराउँदै किताब पढ्ने किशोरीः जिम्मेवारी र शिक्षाप्रतिको अदम्य लगाव

कालीकोट समाचारदाता
कालीकोट जेठ ३० गते  । ग्रामीण भेगका धेरै बालबालिकाले घरायसी काम र अध्ययनलाई सँगसँगै अगाडि बढाउनुपर्ने बाध्यता रहेको छ । यस्तै प्रेरणादायी दृश्य कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ८ दशलाको एक गाउँमा देखिएको छ, जहाँ एक किशोरी बिहान बाख्रा चराउँदै शिक्षकले दिएको पाठ अध्ययन गरिरहेकी भेटिएकी छन ।
परिवारको आर्थिक तथा दैनिक जिम्मेवारीका कारण उनले बिहानको समय बाख्रा चराउन खर्चिनुपर्छ। तर, जिम्मेवारीले उनको शिक्षाप्रतिको लगावलाई रोक्न सकेको छैन । बाख्रा चराउन लगिएको समयमा पनि उनी हातमा किताब बोकेर पाठ दोहोर्याउन र गृहकार्य गर्न व्यस्त देखिन्छिन । पाँखा स्वास्थ्यचौकीका इन्चार्ज नविन बिष्टले घामको झुल्को संगै एकातिर परिवारका जिम्मेवारी तथा अर्को तिर आफ्नो सुनौला अबिश्यको लागि हातमा किताब लिएर खेतको डिलमा बसेर अध्यान गरिरहेकी छात्रा देख्दा मन निकै अमिलो भएको सुनाउनुभयो ।
हामी बच्चालाई पढ्ने बातावरण दिन सक्दैनौ अनि प्रतिस्पर्धामा सुखमा प्राप्त समय पाएर पढेकाहरुसंग गर्नु पर्छ अनि कसरी नतिजा हाम्रो पक्षमा आउछ बिस्टले भन्नुभयो । स्थानीय विद्यालयमा अध्ययनरत ती किशोरीले घरको काम र पढाइलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेकी छन् । विद्यालय जाने समय भएपछि उनी बाख्रा घर फर्काएर नियमित रूपमा कक्षामा सहभागी हुने गर्छिन् ।
यि किशोरी एक पात्र मात्र हुन, यस्तो अबस्था दुर्गमका गाउँमा प्राय सबैमा छ । शिक्षकहरूले दिएको पाठ र अभ्यासलाई निरन्तरता दिने समय हुदैन, नगरे बिद्यालयमा सजाय पाउनु पर्ने अर्को तर्फ आफ्नो पढाई कम्जोर हुने हुदा यस्तै खेतका आलीमा बारी बोकिरहेको बेला फुर्सदको समय महसुस गरेर दोहोर्याउने दुर्गमका बालबालिकाको दैनिकी जस्तै भएको स्थानीयवासी बताउँछन् ।
ग्रामीण क्षेत्रमा अझै पनि धेरै विद्यार्थीले घरायसी काम, पशुपालन तथा कृषिकर्मसँगै आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेका छन । यस्ता विद्यार्थीहरूका लागि शिक्षा केवल विद्यालयको कक्षाकोठामा सीमित नभई जीवनको संघर्षसँग जोडिएको यात्रा बनेको छ । बाख्रा चराउने डाँडाको किनारमा बसेर किताब पढिरहेकी किशोरीको यो दृश्यले जिम्मेवारी र शिक्षाप्रतिको समर्पणलाई एकैसाथ झल्काईरहेको छ । कठिन परिस्थितिका बीच पनि ज्ञान हासिल गर्ने यि बालिकाको प्रयास अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित