कालीकोट, समाचारदाता
कालीकोट मङसिर ११ गते
जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेल लक्षित प्रचारको खण्डन गरेको छ । प्रशासन कार्यालयले मुख्यमन्त्री चढेको गाडीले बिरोधकर्तालाई ठक्कर दिएको भनि भिडियो बनाएको र अस्पतामा उपचार गरिरहेको भन्ने कुरा निराधार र झुटको प्रचार भएको भन्दै बिज्ञाप्ती मार्फत खण्डन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल द्धारा हस्ताक्षरित बिज्ञाप्तीमा मुख्यमन्त्री यामलाल कडेल सान्नीत्रिवेणी गाउँपालिकाको नयाँ भवन उद्घाटन गर्न आउने गाउँपालिकाको सुचना पछि जेनजी युवाले बिरोध गदै भन्ने सुचना पाएको हो । सुचना पछि प्रशासनको पहलमा गाउँपालिकामा रहेका जेनजी युवाहरुसंग बार्ता गरेको मञ्चमा संगै बस्ने लिखित पत्र मुख्यमन्त्रीलाई दिने सहमती थियो ।
कार्यक्रम शान्तीपुर्ण रुपमा सम्पन्न भएर मुख्यमन्त्री तलतिर आउदा सान्नीत्रिवेणी गाउँपालिका भन्दा अन्यत्र पालिकाका अपरिचित युवाले साघुरोबाटोमा हातमा प्लेकाड लिएर बिरोध गरिरहेका बेला भित्तामा ट्याक्टर रोकेको भिरालो बाटोमा मुख्यमन्त्री सवार गाडीले बिरोधकर्ताको शरिरमा छोएको जस्तो मात्र देखिएको भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेको प्रचार मात्र भएको जारी बिज्ञाप्तीमा उल्लेख छ ।
मुख्यमन्त्रीको गाडीले हान्या भनेर हल्ला गरेलगतै आफु सुरक्षा निकायका प्रमुखले जेनजी युवालाई सम्झाई बुझाई कुनै चोटपटक नभएको देखिएपनि अहिले सामाजिक सञ्जालमा मुख्यमन्त्रीको गाडीले ठक्कर दिएको भनि गरिएको प्रचार झुट्टा भएको बिज्ञाप्ती मार्फत गृहमन्त्रालयलाई जानकारी गरिएको छ । प्रत्यक्ष दर्सि मदन बहादुर शाहीले गाडीले कसैलाई पनि केही ठक्कर नदिएको अनाबास्यक भिडियो बनाएर केही परिचालीत युवाले झुटो प्रचार गरेको बताउनुभयो ।
कार्यक्रमको आयोजक सान्नीत्रिवेणी गाउँपालिकाले पनि प्रेस बिज्ञाप्ती छिमेकी स्थानीय तह रास्कोट नगरपालिकाका जे्नजी सयोजक समिर शाही लगाएतको समुहकाले कार्यक्रम समापन पछि बिरोध गरेको र उनिहरुलाई स्वयम मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखले सम्झाईबुझाई शान्त पारिएको घटनालाई अतिरञ्जीत गरिएको जनाएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत द्धारा सयुक्त रुपमा जारी प्रेस नोटमा जेनजीहरु वार्ता भएर सबै बिषयमा सहमती भएको कुरालाई केही सञ्चार माध्यम र केही दलगत नेताकै आदेशमा सामाजिक सञ्जालमा अतिरञ्जीत गरिएको भन्दै सत्यतथ्य घटना नबुझि प्रचार गर्नु गलत भएको बिज्ञाप्तीमा उल्लेख छ ।
यता मुख्यमन्त्री यामलाल कडेलले पनि सामान्य बिषयलाई अतिरन्जित गरेर समाजलाई भाड्ने प्रयात्न भएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । सोमवार कालीकोटको सान्नी त्रिवेणी गाउँ पालिकामा कार्यक्रम गरि फर्कदै गर्दा रास्कोट नगरपालिकामा केही युवाले जवरजस्ती गाडी रोक्न खोजेर गरेको अवरोधको सामान्य घटनालाई अतिरन्जित भएको भन्दै चिन्ता ब्यक्त गर्नु भएको हो । सामाजिक संजालमा आएका भिडियो र टिकाटिप्पणीले सामाजलाई बिखण्डन गर्ने बताउदै मुख्यमन्त्री कडेलले यसप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।
जटिल भौगोलिक अवस्था र पछिल्लो परिस्थितिका बीच धेरैले तत्काल त्यहाँ सडक मार्गबाट नजान सल्लाह दिंदादिदै पनि स्थानीय नागरिकसँग आफू स्वयमले साक्षात्कार गर्ने र त्यहाँको वास्तविक अवस्थाबारे जानकारी लिने उदेश्यले सडक मार्गबाट सान्नी त्रिवेणी पुग्दा मलाई लाभ नै भएको महशुस भएको छ । कार्यक्रम समापन पछि केही परिचालीत युवाले गाडी रोक्ने प्रयास गरेका थिए । त्यही समयमा युवाले आफुलाई गाडीले किचेको भन्दै अस्पतालको वेर्डमा पट्टी लगाएको फोटा र भिडियो सार्वजनिक गरेर घटनालाई अतिरञ्जीत समेत गरेका छन । आफुलाई जोडेर भएको प्रचारबाट कोही पनि भ्रमित नहुँन मुख्यमन्त्री कडेलले आग्रह गर्नुभएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीका आफन्त अंकलका छोरा, उहाँको पार्टी माओवादीका कार्यकर्ताले यो प्रोपोकाण्डा गरेको अनुहार हेर्दा प्रष्ट भएको छ ।





