धामी–देवतासँग आश्रीबाद लिँदै उम्मेदवार जनयुद्धकालीन व्यवहारसँग बाझियो भन्दै चौतर्फी विरोध

धामी–देवतासँग आश्रीबाद लिँदै उम्मेदवार जनयुद्धकालीन व्यवहारसँग बाझियो भन्दै चौतर्फी विरोध

कालीकोट समाचारदाता
कालीकोट माघ २५ गते
प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका क्रममा नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही स्थानीय देवताका धामीबाट ‘छापछपिलो (आश्रीवाद) लिँदै गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जाल र स्थानीय स्तरमा तीव्र विरोध सुरु भएको छ । सार्वजनिक तस्बिरमा कालीकोटको पलाँता गाउँपालिकाको एक बस्तीमा स्थानीय देवताका धामीले शाहीलाई आश्रीवाद दिइरहेको देखिन्छ ।
ग्रामीण भेगमा परम्परागत रूपमा मानिने धामी–देउताको आशीर्वाद लिँदै उम्मेदवार उपस्थित भएपछि यसले राजनीतिक मात्र होइन, वैचारिक बहसलाई समेत पुनः सतहमा ल्याएको छ । विरोध गर्नेहरूका अनुसार, जनयुद्धकालमा तत्कालीन माओवादीहरूले “अन्धविश्वास अन्त्यको नाममा देशका विभिन्न स्थानमा देवताका थान तोडफोड गर्ने, धामी–झाँक्रीका लट्ठा काट्ने तथा देवी–देवता मान्नु हुँदैन भन्ने अभियान चलाएका थिए । त्यही दलका नेता आज आएर आफैं धामीको छेउमा बसेर आशीर्वाद लिँदै हिँड्नु आफ्नै अभियानको खिल्ली भएको प्रतिक्रिया दिनेको ताती लागेको छ ।
स्थानीय कर्णबहादुर सहकारीले देवताको धानमा पिसाव गर्नेले आज उनै देवताका धामीलको सरन पर्नु आफैमा लज्जाको बिषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, देवी–देउता मान्नेहरूलाई पिछडिएको भनेर गाली गरियो, आज चुनाव जित्न धामीको ढोका ढकढक्याइँदैछ । यो त जनतालाई झुक्याउने राजनीति हो । सामाजिक सञ्जालमा पनि उक्त तस्बिरलाई लिएर आलोचना चर्किएको छ । कतिपयले यसलाई राजनीतिक अवसरवाद’ भनेका छन् भने कतिपयले जनयुद्धकालीन निर्णयप्रति आत्मालोचना नगरी संस्कार र परम्परालाई चुनावी हतियार बनाइएको टिप्पणी गरेका छन । कतिपयले आपत पर्दा त देविदेवता चाहिने रहेछन नी कमरेड भनेर ब्याङगे समेत गरेका छन । महेन्द्रवहादुर शाही तत्कालीन माओवादी सेनाका डिभिजन कमाण्डार समेत हुन ।
यद्यपि, तत्कालीन माओवादी निकटका कार्यकर्ताले यसलाई संस्कृतिप्रतिको सम्मानको रूपमा व्याख्या गर्दै आएका छन । उनीहरूका अनुसार स्थानीय समुदायको भावना बुझ्न उम्मेदवार त्यहाँ पुगेको र यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको दाबी गरिएको छ । तर आलोचकहरू भन्छन्न, यदि साँच्चै आत्मसमीक्षा भएको हो भने जनयुद्धकालमा भएका यस्ता गतिविधिप्रति सार्वजनिक रूपमा माफी मागिनुपथ्र्यो । भत्काईएका देवताका धान पुर्ननिमार्ण गरिनु पर्ने हो । अहिले आएर धामी–देउताको सहारा लिनु वैचारिक विचलन मात्र नभई जनताप्रतिको अपमानसमेत भएको सामाजिक सञ्जालकर्ताहरूको तर्क छ । उक्त घटनाले चुनावी माहोलमा तत्कालीन (माओवादी केन्द्र) नेकपाको वैचारिक अस्पष्टता र विगतका निर्णयहरूप्रति पुनः बहस सुरु गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित