प्रेस चौतारी नेपालकाे २५ अाैँ स्थापना दिवस,कतै रक्तदान, कतै बिरामीलाइ सहयाेग

प्रेस चौतारी नेपालकाे २५ अाैँ स्थापना दिवस,कतै रक्तदान, कतै बिरामीलाइ सहयाेग

कालीकाेट माघ २२ गते ।  प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले २५ औँ स्थापना दिवसमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । दश जिल्ला रहेको कर्णाली प्रदेशका सबै जिल्लामा श्रमजिवी पत्रकारहरुको संगठन प्रेस चौतारीको माघ २२ गते स्थापना दिवस मनाईएको छ । दिवसको अवसरमा देशै भरी कार्यक्रम भए भने कर्णाली प्रदेशमा रक्तदान गरि मनाईएको छ । सुर्खेत शाखाले १५ प्वाइन्ट रक्तदान गरेको भने कालीकोटले एक सत्केरीलाई रक्तदान गरेर जोगाएको छ ।
कालीकोट जिल्ला शाखाले अस्पतालमा रक्तदान तथा बिरामीहरुलाई फलफुल वितरण गरेको छ । प्रेस चौतारी नेपालका कर्णाली प्रदेश महासचिव पि.आर.सिम्खडाले कालीकोटमा बिरामीलाई फलफुल बितरण संगै अस्पतालमा सुत्केरी भएकी बिन्दा शाहीलाई रगत आपुर्ति गरेर दिवस मनाएको बताउनुभयो । अस्पतालमा ब्लड बैक नभएकाले जसलाई आवस्यक परेको हो उसै वेला रक्तदान गर्ने भएकाले रगत समुह मिलेका प्रेस चौतारीका नेता किरण अधिकारीले रक्तदान गर्नुभएको हो ।
सुत्केरी ३७ वर्षीया शाहीको रगत अभाव हुदै गएका बेला प्रेसचौतारीको स्थापना दिवसमा रक्तदान हुदा उहाँका आफन्त समेत खुसि भएका थिए । सुर्खेत शाखाले प्रभातफेरी सहित रक्तदान गरेको छ । जिल्ला अध्यक्ष गोविन्द खत्रीले १५ प्वाइन्ट रक्तदान गरेको बताउनुभयो । हुम्ला शाखा अध्यक्ष नन्दकुमार सिहंले चियापान संगै झोला बितरण गरेको सुनाउनुभयो । जाजरकोटले बिपन्न वालवालिकालाई सहयोग गरेको छ ।


दैलेख, जुम्ला, डोल्पा, रुकुम पश्चिमले अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छन । सल्यानले मृगौला पिडित भगवती पुनलाई नगद सहयोग गरिएको छ । उपाध्यक्ष झक्कु शर्माले बिरामीलाई चौतारीको तर्फवाट पाँच हजार सहयोग गरेको बताउनुभयो । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका इन्चार्ज बिष्णु शर्माले सबै जिल्लामा बिभिन्न कार्यक्रम गरेको बताउनुभयो । हामीले सबै तिर स्थापना दिवसका अवसरमा जे सकिन्छ त्यही कार्यक्रम गर्न निर्देशन गरेको भन्दै देशै भर कार्यक्रम भएको सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित