रोजगारी सृजना गर्न आय आर्जनमा केन्द्रीत तिलागुफा

रोजगारी सृजना गर्न आय आर्जनमा केन्द्रीत तिलागुफा

कालीकोट समाचारदाता
कालीकोट पुस १८ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाले आफ्ना नागरिकलाई आत्मानिर्भर गराउन बिभिन्न सिपमुलक तालिमको आयोजना गरेको छ । नगरपालिका भित्रका ११ वटा वडामा फरक फरक तालिम प्रदान गरेर रोजगारी सृजना गर्नुका साथै गरिवी घटाउने लक्षय नगरपालिकाले लिएको छ ।
नगरपालिका उपप्रमुख महेन्द्रवहादुर शाहीले वडा नं १ देखि वडा नं ११ का बिपन्न परिवार, दलित, अपांग तथा एकल महिलाहरुको क्षमता बिकास गरि रोजगारि सृजना गरी गरिबी निबारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तरगर्त विभिन्न सिपमुलक तालिम दिन सुरु गरिएकोे बताउनुभयो । तालिमका लागि नगरपालिकाले ३० लाख वजेट विनियोजना गरेको छ । उहाँले सोमवार मात्र वडा नम्बर २ को रतडामा १५ जना महिलालाई सिलाई कटाई तालिम संचालन गरियको जानकारी गराउनुभयो ।
वडा नं ४ का १२ जनालाई पनि सिलाई कटाईको तालिम दिन सुरु गरिएको छ । उघोग बाणिज्य तथा आपुर्ति मन्त्रालयको शर्सत अनुदान तथा तिलागुफा नगरपालि उघोग विकास शाखाको आयोजनामा तालिम सञ्चालन भईरहेको लघुउद्यम शाखा प्रमुख परेक शाहीले बताउनुभयो । यसै बिच वडा नं १० का बिपन्न परिवारका सदस्यलाई स्थानीय जडिबुटी चिया उद्योगका लागि तालिम प्रदान गरिने छ भने त्यस क्षेत्रमा भेडाच्यांग्रा धेरै हुने भएकाले उनका राडि पाखि उत्पादन गर्ने तालिम संचालन गर्ने तयारी भईरहेको बताउनुभयो ।


नगरपालिकाले आफ्ना नागरिकलाई बिदेशमा होइन, नेपालमै सुन फल्छ भनेर पुष्टी गराउन रोजगारीका कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ । वडा नं ११ मा काठ प्रसस्त पाईने भएकाले १५ जनालाई फर्निचर सम्वन्धीको सिप सिकाउन थालिएको छ । वडा नं ९ का नागरिकलाई तरकारी खेती तर्फ केन्द्रीत गर्नका लागि पानी सन्चीतीकरणका लागि जुठेल्ला सुधार कार्यक्रम बिस्तार गर्ने छ ।
जहाँको आवस्यक्ता जे छ त्यही अनुसारको कार्यक्रम तय गर्न वडा अध्यक्षलाई जिम्मेवारी दिएको बताईएको छ । अव वडा नं १, ३, ५, ६, ७ र ८ मा के कार्यक्रम राख्ने भन्ने वारेमा त्यहाँका नागरिकको निर्णयमा वडा अध्यक्षले माग गर्ने छन । त्यसपछि कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाइको छ । यो लघुउद्यम कार्यक्रमवाट १६० जनाले तालिम प्राप्त गर्ने र रोजगारी पाउने आस नगरले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित