कालीकोट समाचारदाता
कालीकोट पुस ११ गते । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ७ की मेनका शाहीले अर्को शैक्षिक सत्र आउन लाग्दा सम्म आफुहरुले पढ्ने किताव नपाएको गुनासो गर्नुभयो । कक्षा दशमा अध्यानरत छात्रा शाहीले तीन महिनामा मतपत्र पुगेर नयाँ साँसद चुनीन सक्ने, ससद भवनमा पुगेर लोगो लगाउने समय हुने तर बिद्यार्थीका लागि पाठ्यपुस्तक पुग्ने समय एक वर्ष लाग्ने समस्या प्रति गम्वीर भई दिन आग्रह गर्नुभयो । नयाँ शैक्षिक सत्र सुरु भएको नौ महिना पुग्दै छ । तर (आफु) बिद्यार्थीका हातमा पाठ्यपुस्तक नभएको प्रति चिन्तीत भईदिन निवेदन गर्नुभयो ।
शुभकालीका १ का लक्ष्मन अधिकारीले बिद्यालयमा किताब भन्दा पनि कम्प्युटर, इन्टरनेट प्रमुख भएको सुनाउनुभयो । जनप्रभात माध्यमिक बिद्यालयमा अध्यानरत बिद्यार्थी अधिकारीले बिद्यालयमा पढ्ने बिद्यार्थीका लागि चाहिने पाठ्य पुस्तक होईन पढाउने गुरुका लागि बिलासिताका बस्तु ल्याएर शैक्षिक सुधार गर्न खोज्नु नै प्रबिधिको दुरुपयोग भएको गुनासो गर्नुभयो । उहाँले हामीलाई चाहिने किताब हो । त्यो कहिलै समयमा आउदैन, आउछ के भने इन्टरनेट यसले गर्दा शैक्षिक गुणस्तर सुधार नहुने र बिभिन्न सुचनाले बालविवाहलाई मलजल पुगेकाले बिद्यालय समयमा इन्टरनेट प्रबिधिको प्रयोग निश्चित समयमा प्रयोग गराउन सरोकारवालासंग माग गर्नुभयो ।
सदरमुकाम मान्म स्थीत होटल सनलाईटमा आयोजित बालविवाह न्युनिकरणका लागि सरोकारवालाहरुको भुमिका बिषयक बाल ‘कचहरी’ कार्यक्रममा आफ्ना जिज्ञासा(प्रश्न) राख्दै बिद्यार्थीले आफुलाई चाहिने सामान्य कुरामा ध्यानदिन माग गरेका हुन । सेभःद चिल्ड्ेन किर्डाक नेपालको साझेदारी तथा जिल्लामा गठित बालबिवाह बिरुद्धको साँझा अभियानले आयोजना गरेको (छलफल) बाल‘कचहरी’मा आफ्ना धारणा राख्न बिद्यालयका छात्रा, छात्राले बालवालिका अधिकारको सबै तिरवाट हनन भईरहेकाले सुधारका लागि हस्तक्षेप गरिदिन माग गरेका हुन ।
बिद्यालयमा पढाउनु छोडेर, मोवाईल चलाएर बस्ने, समयमा किताब ल्याएर बिद्यार्थीका हातमा दिनु भन्दा कम्प्युटर खरिद गर्ने, शिक्षकलाई पढाउनु भन्दा पनि बिभिन्न पार्टीका संघ संगठनका नेता बनाउने जस्ता समस्याले शैक्षिक गुणस्तर खस्कीएको बिद्यार्थीको भनाई रहेको थियो । गाउँ जिउदा प्रसस्तै समस्या वोकेर आएका बालवालिका अर्थात बिद्यार्थीका कुरा सुनेपछि जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावतले बालवालिकाले उठाएका बिषयमा आफ्नो गम्वीर ध्यानाक्रषण भएको प्रतिक्रिया दिनुभयो । उहाँले जिल्ला सभामामा बालविवाह, बालश्रम, र बिभिन्न खाले हिन्सा अन्तेका लागि गम्वीर छलफल भईर रणनिति योजना समेत तयार भइसकेको भन्दै शैक्षिक सुधार र बिद्यार्थीले समयमा पढ्न पाउने अधिकारको सवालमा अनुगमनलाई तिब्रता दिने प्रतिबद्धा जनाउनुभयो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी जयश्वर रिमालले बालबिवाह न्युनकिरण, बालश्रमको अन्तेका प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउने बताउनुभयो । उहाँले कार्यक्रममै अपराध जन्य घटनामा कानुन अनुसारको कार्वाहीका लागि प्रहरी जुनसुकै बेला तयार रहेको भन्दै लगतै कानुनका बिषयमा सचेतनाको कार्यक्रम गाउँ गाउँमा केन्द्रीत गर्ने योजना सुनाउनुभयो । उहाँले ठिक समयमा कुरा आएको भन्दै गाउँ केन्द्रीत कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय कालीकोटले अभियानका रुपमा लिने सुनाउनुभयो । बालवालिकाले राखेका प्रश्न सुने सबै सरोकारवालाहरुले आफुहरु सुस्ताएका बेला दौडिन सुझाव आएको प्रतिक्रिया दिएका थिए । गाेरखापत्रवाट ।





