कालीकोट मङ्सिर ९ गते । ससदिय निर्वाचनमा पटक पटक पराजय भोग्दै आएको नेपाली काग्रेस कालीकोट यस पटक भने सहज बिजयी भएको छ । सत्ता गठबन्धनवाट कालीकोट निर्वाचन क्षेत्र १ को प्रदेश ख मा नेपाली काग्रेसका हिक्मतवहादुर बिष्ट प्रदेश सभामा सात हजार भन्दा वढी मतले निर्वाचित हुनुभएको छ । नेपाली काग्रेसले तीस बर्ष पछि प्रदेश सभामा भएपनि आफ्नो सहभागीता कायम गरेको छ ।
२०४८ सालमा नेपाली काग्रेसका तिलकप्रसाद उपाध्याय कालीकोटवाट निर्वाचित भए यता नेपाली काग्रेसले पछिका सबै निर्वाचनमा पराजित हुदै आएको थियो । २०५१ को मध्यवती चुनाव, २०५६ को आम चुनाव संगै २०६४ र २०७० को संबिधान सभाका चुनाव, २०७४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा काग्रेसले हार ब्यहोरेको थियो । यसपालिका भने पाँच दलिय गठबन्धनको तर्फबाट तीस बर्ष पछि आफ्नो उपस्थीती जनाएको छ ।
गठबन्धनबाट निर्वाचित बिष्टले १३ हजार ७८३ मतका साथ बिजयी गर्नुभएको छ । उहाँले नेकपा एमालेका बिरेन्द्रवहादुर वोगटीलाई ७ हजार ९४४ मतान्तरले पराजित गर्नुभएको छ । एमालेका वोगटीले पाँच हजार ८३९ मत प्राप्त गर्नुभएको छ । बिष्टले सत्ता गठबन्धन नेपाली काग्रेसका साथै माओवादी केन्द्र र राष्ट्यि जनमोर्चाको साथ पाउनु भएको थियो भने एमाले एकल लढेको थियो ।
स्थानीय चुनाव देखि नेकपा माओवादी केन्द्र परित्याग गरी स्वतन्त्र भएका युवा नेता लक्ष्मणवहादुर बम पनि प्रदेश सभामा प्रतिपस्धी बन्नु भएको थियो । धारो चुनाव चिह्न लिएर लढ्नुभएका बमले दुई हजार ८७३ मतका साथ तेस्रो बन्नुभएको छ । चौथोमा सत्ता गठबन्धन कै नेकपा एकिकृत समाजवादी कालीकोटका अध्यक्ष शिब्वराज बम दुई हजार ५५१ मत प्राप्त गर्नुभएको छ । यस अघि गठबन्धन वाटै नेकपा माओवादी केन्द्रका दुर्गवहादुर रावत निर्वाचित भईसक्नु भएको छ ।
प्रदेश सभामा निर्वाचित बिष्ट अधिबक्ता पनि हुनु हुन्छ । उहाँ २०४८ साल र २०५१ सालमा नेपाल मजदुर किसान पार्टी प्रतिनिधि सभामा लढ्नुभयो । ति दुवै चुनावमा पराजित भएपछि २०५१ सालमै नेपाली काग्रेसमा प्रवेश गर्नुभएका बिष्टे २०६४ सालमा संबिधान सभा सदस्यको समेत प्रत्यासी हुनुहुन्थ्यो । ति तीन वटा चुनावमा बिष्ट पराजित हुनु भएको थियो । अहिलेको चुनावमा भने बिष्ट निर्वाचित हुनुभएको छ ।





