अमुल्य मतलाइ सदुपयाेग गर्न एक सनसनी पुर्ण सन्देश ।

अमुल्य मतलाइ सदुपयाेग गर्न एक सनसनी पुर्ण सन्देश ।

प्रिय बहिनी सस्कृती , सुमधुर सम्झना , अनी माया । बहिनी आराम छु सोही कामना गर्दछु । तिमिले पठायको पत्र यही असोज ११ गते प्राप्त गरे सो पत्रबाट त्यहाँ तिमि र तिम्रा सहपाठीह? सञ्चै रहेको थाहा भयो । बहिनी आज मेरो मन निक्कै हर्सीत भएको छ । किनकी तिम्रो स्वास्थका साथै सबै मंगल कुसल रहेको खबरले । बहिनी हामी दुई बहिनी आमाको एकै कोखबाट जन्मिए पछी साएद संसारको एक उदारणीय मायाकासाथ हुकर््यौ । तिमी अध्यनको सिलसिलामा सहरमा रह्यौ म चाँही दुर्गम गाउँमा रहे मैले मेरो अध्यनलाई राम्रोसंग पुरा गर्न सकिन आशा छ तिमीले आफ्नो अध्यनलाई पुरा गरी बुवा आमाको सपना पुरा गर्ने छौ ।

बा र आमाको सपना छोरीह? देश र जनताको सेवामा समर्पीत भएको देख्ने हो । तिम्रो पत्रबाट म यस अर्थमा खुसी भएकी पत्रमा तिमीले गाउ,समाज र घर परिवारकोबारेमा पनी चासो राखेकी रहेछौ । साथसाथै राजनीतीको पनी सायद बा आमाको सपना पनी यही हो । बहिनी यहाँ गाउँघर समाज सबै तिमीले चिताएझै सब ठिक छ । भर्खर माथील्ला घरका काकाको बिहे भयो ,पल्ला घरे हरी दाईको छोरी जन्म्यो हरी दाईको छोरी जन्मदा पुरा गाउँनै निक्कै हर्षीत भयो निक्कै टाडाका खेलौडा ल्यायर रमाइलो समेत गरे बहिनी सायद छोरी जन्मिदा यती धेरै रमाइलो भएको पहीलो नै हुनुपर्छ मेरो सम्झनामा भएसम्म ।

गाउ घरका यी र यस्तै खबर छन । जे होस तिमीले सोचे जस्तै छ । मेरी बहिनी तिमीले सोधेको अर्काे राजनितिक अवस्थाका बारेमात म केही नबोलम जस्तै लाग्छ बहिनी कसरी भनम राजनितिक अवस्था नाजुक छ भनेर जे जस्तो भयपनी मैले भन्नै पर्छ यहाँको अवस्था निक्कै राम्रो छैन । यहाँ राजनितिको परीभाषा अली फरक छ । यहाँत पैसा कमाउनु,भ्रष्टचार गरेर समाजको निक्कै धनाड्य मानीस बन्नु, सर्वसाधारणलाई ठगी गर्नु जस्ता व्यवहारलाई राजनीती भनीन्छ । बहिनी त्यसैले म यो राजनीतीमा जोडीन चाहेको थियीन । तिम्रो पत्र प्राप्त गरेपछी मलाइ लाग्यो मैले बुजेको राजनितिको परीभाषाह? जनतालाई बुझाउने पर्यत्न त गर्नु पर्यो सोचे तिमीले र हामीले बुझेको राजनितिको परीभाषात जनताको निस्वार्थ सेवा होइन र ? यहाँ छ त विचार र सिद्धान्तको चर्चानै छैन छत केवल आफ्ना निहीत स्वार्थकालागी रातारात दल अदल बदल गरी पदमा पुग्ने र निहीत स्वार्थपुर्ती गर्ने मात्र छ ।

त्यसैले मेरी बहिनी यहाँको राजनीती राम्रो छैन भनौं । तर के गर्नु तिमि सहरको सुविधा सम्पन्न ठाउमा बसेकी छौ त्यहाँ पनी त राजनीतीको चर्चा सुनेकी होउली अव चुनाव पनी त नजीकीदै छ । यतीबेला हरेक दीन जसो चोक चोकमा निक्कै गफह? गफिएका सुनीन्छन । फलानाले टिकट पाउने हो रे उसले जितेमा उपभोक्ता समितिमा बस्न पाउछु होला । होइन उसले यती धेरै पैसा दिन्छ अनी हामीले उसैलाइ मत हाल्छौ सम्म भन्न भ्याउछन । होइन यिनले मतदातालाई के ठान्ने गर्दछन होला हँ । बहिनी के चुनावमा मत पैसा लिएर मात्र खसाल्ने होलात ? तिमिले भनेझै मतदाताको राजनीतीक स्थर नै छैनकी जस्तो पनी छ । हुनत मत दाताको के दोस छर विचरा उनीह?को अघिलाग्नेले कहील्यै बुझायनन बुझाउन पो किन । किनकी उनीह? पुरै दलाल पुजीपतीह? मात्र छन ।

उनीहरुलाइ मतदाता यदी चनाखो भएको खण्डमा हाम्रो भलाई हुदैन भन्ने पनी होला । भलाइ मात्र कहाँहोर उनीह? मर्दासमेत आँखाबाट आँसु झार्ने मानीस समेत पाउने छैनन । त्यसैले उनीह?को मृत्युसमेत कुकुरको भन्दा निचहुनेमा कुनै संका छैन । हिजोका राणाह?ले र पञ्चह?ले बुझायनन बुझायन तर दुखको कुरा आजका आफुलाइ प्रजातन्त्र,लोकतन्त्र र गणतन्ञका हिमायती सम्झनेहरलेसमेत कहील्यै जनतालाई बुझाउने पर्यत्नसमेत गरेन । त्यसैले बहिनी तिमी जस्तो सहरमा बसेका अँझ भन्नेहो भने राजनितिसास्त्र पढे लेखेकाह?को दाइत्व हुनेछ यो चुनावमा जनताको राजनीतीक चेतनास्थर उठाउने ।

निर्वाचन आफैमा पनी जनताको राजनीतीक चेतनास्थर नाप्ने व्यारोमिटर हो भनीन्छ । मेरो बुझाइमा निर्वाचन एक राजनैतीक र बैचारीक संघर्ष पनी त हो जसले लाखौ लाख मतदाताको राजनितिक स्थरमा फरक ल्याउन सक्छ त्यसैले भन्न सकीन्छकी निर्वाचन यक खुल्ला महाविश्वविद्यालय पनी हो । मत भनेको केवल काजको खोष्ठो मात्र कहाँ होर त्योत आफ्ना असल प्रतिनिधि छनोट गर्न प्रयोग गरीने राय हो । यो कुरा जनताले कहीले बुझ्ने बुझाउने जिम्मा कस्को तिमीह? पढेलेखेकाह?को नै हुने छ । यहाँत बिचार र सिद्धान्त भन्ने केही पनी देखीदैन । खासमा हरेक राजननितिक दलको आफ्नो बिचार र सिद्धान्त हुने गर्दछ । जसले समाजलाइ वुद्धीजिवीकरण र आम श्रमजिवी वर्गको भलाइ गरोस तर यीनीहर भन्न त श्रमजिवी वर्गकै कुरा गर्ने गर्दछन ।

हिजोका चुनावमा पनीत श्रमजिवी र किसान वर्गकै त कुरा खुव चर्को चर्को श्वरमा गरेकै होइनन र तर चुनाव पछी चुनावमा मत खसाल्ने मतदाताको अगाडी कहील्यै मुख देखायनन । भर्खर सम्पनन स्थानीय चुनावमा यस्तै मिठा र चिल्ला कुरा गरे हामीले मतदान पनी गर्यौ तिनले जित हासिल गरे पनी तर हाम्रै मतले चुनाव जितेकाह? आज कतीत डोजर मालीक छन, कतीत ठेकेदार बने, कतीत आफु भन्दा माथीका र तलका बिचको दलाली गर्ने, दलाली गरेर आफ्नो निहीत स्वार्थ पुर्ती गर्ने दलाल बने ।

त्यसैले भनत बहिनी के अब हामी तिनै र तिनैका प्रतिनीधीह?लाई मतदान गर्न सक्छौ ? अहँ मलाई लाग्छ अव हामी जाग्नुपर्छ यहाँ त म सुन्दैछु गठबन्धनको चर्चापनी चलेको छ । अस्ति मैले गठबन्धन भनेको हल्ला सुने के रहेछ त गठबन्धन भनीबुझे पनी त्यो तिनै पापीह?को झुण्ड रहेछ जसको विचा।र सिद्धान्त मिल्दैन । मिल्छ त केवल तिनका निहीत स्वार्थ खाली आफ्नो कुर्चीका लागी आफु सत्तामा पुग्ने र आफ्नाई देशको वर्वादी गर्ने तरीका सिकाउने मेसो रहेछ । तर बिचार र सिद्धान्त नमिल्नेह?को घोष्णा पत्र पनी एकै हुने कुरा पनी कता कता सुनीदैछ । वा क्या मजाक हिजो जसले हाम्रो सुरागी गरे भन्ने आरोपमा बुवाको सिर च्वाट्टै पारे , जसले हाम्रा विरोधहि?लाइ सघाएको आरोपमा आमालाई सामुहीक बलात्कार पारे तिनैलाइ आज आफनो निहीत स्वार्थकालागी मतदान गर्दैछन अरे ।

त्यसैले मेरी प्यारी बहिनी यस पाली तिनी पापीह?को वि?द्ध मैले उम्मेदवारी दिने निधो गरेकी छु । अब यो निर्वाचनमा  मेरो उम्मेदवारी हिजो एमसिसि, एसपिपि र नागरीकता विद्ययक पारीत गर्ने देशद्रोहीह?का वि?द्ध रहनेछ । तिनका देशघाती कर्तुतह? उदंगाउने छु जनताको कान कानमा गएर मादल घन्काउने छु । मादल बजाएरै जनता सचेत गराउने अठोट गरेकी छु । बहिनी अब हामिले देशलाई जोगाउनु पर्ने छ । मैले यसो भनीरहँदा तिमिलाई लाग्न सक्छ चुनाव त नलडेको भएनी हुन्थ्यो की ? मैले अठोट गरेकी आज आफुलाई शसक दल भन्नेह? देशलाई बर्बादीतिर लादैछन । हिजो कुनैताका अमेरकिी साम्राज्यवाद भनी खुव विरोध गरेर जनतालाई भर्मीत पार्नेहर आज अमेरिकाको सैन्य रणनीति समेटीएको एमसिसि र एसपिपि पारीत गर्ने कागजमा सही ठोक्दैछन । देशलाई सिरीया ,लिबिया ,इरान,इराक र युक्रेन बनाउदैछन ।

त्यसैले पनी संसदमा मेरो ज?री रहनेछ ताकी तिनका देशघातप्ी कदमका वि?द्ध मैले शसक्त प्रतिरोध गर्न सकु । बहिनी तिमीले सोधेको नागरीकता द्यियकको पनी चर्चा गरौकी ? सन १९७७ मा फिजिमा उखु खेतिकालागी बेलाएती ठेकेदारले कामका लागी फिजी लगीएका भारतीए कामदारलाई प्रधानमन्त्रि राबुकाले नागरीकता दिने निर्णय गरे त्यसको २० वर्ष पछी त्यहाँ निर्वाचन भयो भारतको हरीयाणाबाट गएका महेन्द्र चौदरी फिजिको प्रधानमन्त्रि भए पछि फिजिका देशभत्रक्तीपुर्ण आन्दोलनका अगुवा जर्ज स्प्राइटलाइ पाँसी दिएको इतिहास छ । त्यसैले अहिले हाम्रो देशमा जन्मको आधारमा नागरीकता प्राप्त गरेकाह?का सन्तानहरलाइ वंशजको नागरीकता दिलाउनेह? राबुका जस्तै देशघाती हुन ।

त्यस्ता देशघातीह?का वि?द्ध मैले उम्मेदवारी दिने अठोट गरे मलाई पुर्ण विस्वास छ की सबै देश भक्तह?को सहयोग र समर्थन रहने छ । यदी मतदाता सचेत छन भने र उनीह?मा राजनीतीक चेत छ भने यसको विकल्प पनी त छैननी त्यसैले बहिनी आउ तिम्रो निकै महत्वपुर्ण भुमीका रहने छ । जसले गर्दा मतदाताह?लाई सचेत गराउने र देशघातीह?का कर्तुतह?लाई उदंगाउन र जनता सचेत गराउन यो सुनौलो अवसर बन्ने छ । मलाइ पुर्ण विश्वास छ की बहिनी र बहिनीह?का सहपाठीहरुको सक्रीयताले यो देशको स्वाभीमानमा आँच पुगाउन रोक्ने र देशघातीह?को झुण्ड नराम्रो संग पछारीने छ । बाँकी कुरा भेटमा ।

यस पत्रका लेखक खड्गराज शाही । नेपाल मजदुर किसान पार्टी कालीकाेटका अध्यक्ष तथा प्रतिनिधि सभा सद्स्यका उम्मेदवार हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित