कसैको नजर नपुगेको जितेको पुल

कसैको नजर नपुगेको जितेको पुल

कालीकोट समाचारदाता
कालीकोट कातिक ७ गते । कर्णालीको उर्लिदो वाढीले क्षदबिच्छद भएको जिते बजारको झुलङ्गे पुलमा कसैको पनि नजर पुगेको छैन । गत असोज १९ गतेबाट परेको अबिरल बर्षाले पुल सबै वगाएको छ । पुलका लठ्ठा मात्र बाँकीरहदा पनि कसैको त्यस पुल प्रति ध्यान गएको देखिदैन । सधै सयौँ नागरिक आउजाउ गर्ने पुलमा किन आँखा पुगेन भन्ने प्रश्नको एउटै जवाफ छ । सबै तिर बाटो बन्द हुदा पुल तर्ने कोही नहुदा नजर पुगेन ।
अबिरल बर्षाले कर्णालीमा आएको वाढीले पुल पुरै बगाएको धेरै कमलाई थाह छ । कर्णाली करिडोर र कर्णाली लोकमार्ग सबै तिरका सडक र पैदल बाटा बन्द हुदा कसैले आउजाउ नगरेकाले पुल तर्ने कोही नभएर ध्यान नगएको स्थानीयको भनाई छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ३ का मिनवहादुर वुढा सरदुमकाम आउनु पर्नेहरु माथिल्लो पुल प्रयोग गर्छन । कर्णाली करिडोर र लोकमार्ग बन्द भएकाले मानिसको आउजाउ पुरै बन्दा हुदा जितेको पुल बगाएको कसैलाई अत्तोपत्तो नभएको र भएपनि अन्य ठाउँको क्षतीलाई हेर्दा पुल बगाएको खासै क्षती नमानेकाले पनि नजर नपुगेको जस्तो भएको सुनाउनुभयो ।
हामी पैदल हिड्नेहरु तिलानदीको पुल हुदै लालीघाटको पुल तरेर जाउन्छौ । करिडोर खुलेको खण्डमा जितेको पुलको आबस्यक्ता हो । त्यसैले चासो नभएको वुढाको भनाई छ । उसो त उहाँले सो पुल बगाउदा तिलानदीको पुल तरेर जादा एक घण्टा लामो पर्ने गरेको बताउनुभयो । लामो भएपनि जानु पर्छ त्यो पुल मर्मत गर्ने कहिले हुन कहिले बुढाले गुनासो गर्नुभयो । खाँडाचक्र नगरपालिका वडा नं २ का प्रेमवहादुर मल्लले अहिले सम्म जिल्लाको सिडियो, डिएसपी र नेताललाई जितेको पुल बगाएको भन्ने जानकारी नै छैन । अनि कहिले पुल मर्मत भएर नागरिकलाई सहज होला भन्दै प्रश्न गर्नुभयो । वाढीले पुलको आधा भाग बगाएको प्रशासनको भनाई छ ।
जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी नहुने कुरा भएन, तर प्रमुख र साहयकको हिसाव राखेको सुनाउनुभयो । उहाँले कर्णाली करिडोर नखुल्दा सम्म त्यो पुलको खासै काम नभएकाले त्यता ध्यान नदिएर अन्यत्र तिर काम भईरहेको सुनाउनुभयो । उहाँले कार्तिक चार गते बसेको बिपद ब्यवस्थापन समितिको वैठकले जिते लगाएतका तीन वटा पुलमा मानिस आउजाउ गर्न नसक्ने भएकाले तत्काल कर्णाली प्रदेश सरकार भौतिक पुर्वाधार तथा सहरी बिकास मन्त्रालयलाई मर्मतका लागि पत्राचार गरिएको बताउनुभयो । पुल क्षतबिच्छेद हुदा अहिले एक घण्टाको लामो वाटो भएर मानिसहरु आउजाउ गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित