प्रेमराज सिम्खडा. कालीकोट, असोज २७ गते । प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएका काशिचन्द्र वरालले भुई मान्छे अर्थात कुनै पनि हालतमा पहुँचमा पुग्न नसकेका नागरिकको प्रतिनिधित्व गदै आफु चुनावी मैदानमा उत्रेको बताउनुभयो । उहाँले पार्टी नेतृत्वको व्यक्तिवादी पेलुवा, हैकमवादी ’ तानाशाही.स्वइच्छाचारी प्रवृति विरुद्धको पनि आफ्नो उम्मेदवारी रहेको जानकारी दिनुभयो ।
आज मान्ममा आयोजित पत्रकार सम्मेलनमा मेरो उम्मेदवारी किन भन्ने २७ बुद्धे खाका प्रस्तुत गदै सत्ता र शक्तिको आडमा भैरहेको दलालीकरण एवं कमिशन तन्त्रको अन्त्य गर्न, जिल्लामा भैरहेको सामाजिक शक्ति असन्तुलनलाई सन्तुलन कायम राख्नका लागि आफु स्वतन्त्र भएर चुनाव लढ्न मैदानमा होमिएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रवाट बिद्रोह गरेर आफु स्वतन्त्र लढ्नुको कारण १५ वर्ष सम्म एकै राजा, महाँराज हुने प्रबृद्धीको अन्ते गर्न आफुले बिद्रोह गरेको सुनाउनुभयो । प्रचण्डले पनि अस्थीर राजनिति गरिरहेका आफु कम्युनिष्ट भन्ने तर जहाँ अवसर आयो त्यही हात मिलाउने, घाईत अपांगहरुको उपचार राहत दिने तर्फ र देशलाई आर्थिक रुपमा समृद्ध बनाउने तर्फ कुनै चासो नदिएकाले पनि आफु लामो समय देखि फरक बिचार राख्दै आएको सुनाउनुभयो । उहाँले आफ्नो पक्षमा माओवादी पार्टी भित्रकै दबिएर वसेका नेता कार्यकर्ता, र सहरा बिहिन नागरिक रहेकाले आफुले चुनाव जित्ने दावी गर्नुभयो ।
उहाँले दुई पटक बिजयी भएका र अहिले पनि सत्ता गठबन्धनवाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएका पुर्व मुख्यमन्त्री महेन्द्र वहादुर शाही प्रति लक्षित हुदै, शासन लाद्ने, आफुलाई राजा अरु सबै रैती हुन भनि दवाउने प्रबृतीका बिरुद्धको आफ्नो उम्मेदवारी भएकाले गरिव, घाईते, अपांग, र माटो उल्टाई पल्टाई गर्ने किसानले आफुलाई मतदान गर्ने बिश्वास रहेको ठेकुवा गर्नुभयो । अन्तमा महेन्द्र वहादुर शाहीलाई नै समर्थन गर्ने हल्ला छ नि भन्ने प्रश्न वरालले त्यो कल्पना नगर्न पत्रकारलाई जवाफ दिनुभयो । जो प्रबृद्धी बिरुद्ध आफु मैदानमा छु उसैलाई मैले साथ दिने कुरा भएन ।
हिजो पनि प्रचण्डले आफुलाई राजदुत बनाउने, सबैधानिक आयोगको जिम्मा दिने देखि अनेक प्रतिबद्धता जनाउदा पनि नमानेर उम्मेदवार कायम गराएको जानकारी दिदै आफु त्यो वर्ग जसले आफै श्रम गरेर खाने वर्गको प्रतिनिधि भएकाले सबै दलमा आबद्ध नागरिकले आफुलाई सहयोग गर्ने हुदा तानाशाहका बिरुद्ध चुनावमा होमिएको दोहोराउनुभयो । चुनाव जित्ने आधारमा पनि तानाशाही प्रबृद्धीको अन्ते, आफु राजा र अरुलाई दास बनाउने शासकलाई हराउन, वास्तविक राष्ट्रियताको रक्षा र सम्बर्धन गर्न र जिल्लाको विकासको गुरु योजना बनाई दिगो प्रणालीगत विकास निमाण गदै युवा रोजगारी सृजना गर्ने योजना रहेको दावि गर्नुभयो । उहाँले कसैले नपत्ताएको एक सहकारी गाउँवाट सुरु गरेर कहिले एक हजार चार सय सेयर सदस्य बनाएको उल्लेख गदै आफ्ना जित्ने आधार यिनै रहेको र पछि पनि देशैभर रहेका जम्मा एक हजार तीन सय घाईतेलाई रोजगारी दिने आफ्नो योजना रहेको सुनाउनुभयो ।
आफुले चुनाव जितेपनि नजितेपनि तिनखम्बे अर्थ नीति लाई आत्मसात गरि ब्यापक रोजगारी सृजना मार्फत आम नागरिकलाई आत्मनिर्भर स्वरोजगार वनाउने लक्षय लिएको सुनाउनुभयो । योजनावद्ध दिगो र संतुलित योजना विकासको खाका तयार गरी कार्यान्वयनमा लैजाने हुदा बिकास खोजेका सबै कालीकोटवासिले आफुलाई मतदान गर्ने दावी वरालले गर्नुभयो । वरालले सत्ता गठबन्धन बिरुद्ध नै आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।
अस्थीर, सत्ता जोगाउन बनेको गठवन्धनले देशको बिकास गर्न नसक्ने भन्दै त्यसलाई तोड्न र स्वच्छ प्रतिस्पर्धावाट जनउत्तरदाही नेताको बिकास गर्न दवाफ दिन पनि आफु चुनावमा आएको सुनाउनुभयो । पुर्व पत्रकार वरालले आफुले सबै तिरको अनुभवन गरेकाले पार्टीको दवाफ र रवाफमा समाजको बिकास गर्न नसकिने हुदा आफु स्वतन्त्र भएर कालीकोटलाई सबै क्षेत्रमा आहाँ बनाउन चाहेको सुनाउनुभयो । यि हुन वरालले प्रस्तुत गर्नुभएको २७ वुद्धे उम्मेदवारी दिनुको कारण सहितको आगामी चुनावी प्रतिबद्धताको एक झलक ।





