गठवन्धन बिरुद्ध वरालकाे उम्मेदवारी

गठवन्धन बिरुद्ध वरालकाे उम्मेदवारी

प्रेमराज सिम्खडा
कालीकोट, असोज २३ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठवन्धन बिरुद्ध उम्मेदवारी दर्ता भएको छ । गठवन्धन बिरुद्ध प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका लेखा आयोग सदस्य कासिचन्द वरालले उम्मेदवारी दर्ता गराउनु भएको छ । गठवन्धन बाट कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यता नेकपा एमालेबाट प्रतिनिधि सभामा एमाले कालीकोट इन्चार्ज नगिन्द्र शाहीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

नेपालमजदुर किसान पार्टीका अध्यक्ष खड्कराज शाही, स्वतन्त्रमा लच्छु चौलागाई, राप्रपाका धनवहादुर वुढा लगाएत ८ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन ।
नेकपा एसका जिल्ला इन्चार्ज शाही एमाले प्रवेश


नेकपा एकिकृत समाजवादी पार्टीका कालीकोट जिल्ला इन्चार्ज एमालेमै फर्किनु भएको छ । कर्णाली प्रदेश सभामा फलोक्रस गरेर मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पद जोगाएका  कुर्मराज शाही एमालेमा प्रवेश गरे संगै प्रदेश क को उम्मेदवारी दर्ता समेत गराउनु भएको छ । नेकपा एमालेले पार्टीमा फर्किको भन्दै नेता कृष्णप्रसाद आचार्यलाई प्राप्त टिकेट शाहीलाई दिएर एमालेवाट प्रदेश सभा क को उम्मेदवार बनाएको छ । एमालेले प्रदेश ख मा भने पार्टी प्रदेश कमिटि सदस्य बिरेन्दवहादुर वोगटीलाई उम्मेदवारी बनाएको छ । उहाँको वारिस्नामा दर्ता भएको छ । वर्षातका कारणले सडक अवरोध भएका कारण जिल्ला पुग्न नसकेका वुढाको पार्टीले दर्ता गराईदिएको हो ।
सत्ता गठवन्धनवाट प्रदेश क मा माओवादी नेता दुर्गहवादुर रावत र प्रदेश ख मा नेपाली काग्रेसका हिक्मतवहादुर बिष्टले उम्मेदवारी दर्ता गराएका छन । रावतले कालीकोट वाट र बिष्टले काठमाण्डौवाट उम्मेदवारी दर्ता गराउनुभएको मुख्यनिर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । कार्यलयका सुचना अधिकारी प्रेमप्रकाश थापाका अनुसार प्रतिनिधि सभामा आठ जना र प्रदेश सभा क मा छ जना, ख मा नौ जनाको उम्मेदवारी परेको बताउनुभयो ।
गठवन्धन तोडियो
प्रदेश सभामा गठवन्धन तोड्दै नेकपा एसले जिल्ला अध्यक्ष बिश्वराज बमलाई प्रदेश ख मा उम्मेदवारी दर्ता गराएको छ । यस्तै ख मै नेकपा माओवादी केन्द्रका मानवहादुर भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले आफुलाई टिकेट नदिएको भन्दै पलाँता गाउँपालिका अध्यक्ष बिष्णु रोकायालाई साथमा ल्याएर उम्मेदवारी दर्ता गराउनु भएको हो । यस्तै पलाँता गाउपालिका पुर्व अध्यक्ष लक्ष्मणवहादुर बमले पनि स्वतन्त्रवाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एसका कालीकोट जिल्ला सह इन्चार्ज तुलाराज सिम्खाडाले पनि स्वतन्त्रवाट उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठवन्धनले आफ्नो पार्टीलाई धोका दिएको भन्दै सिम्खाडाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । कालीकोटमा प्रतिनिधि सभा र प्रदेश सभा गरी २३ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित