पहिरोले घर पुर्दा छ वेपता

पहिरोले घर पुर्दा छ वेपता

प्रेमराज सिम्खडा
कालीकोट, असोज २३ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ७ मा एकै घरका पाँच सहित छ जना पहिरोमा परी बेपता भएका छन । तिलागुफा ७ बालीगाउँमा पहिरो जाँदा सो पहिरोमा परी स्थानीय ध्रुवराज विष्टको पाँच जनाको परिवार नै बेपत्ता भएको छ । पहिरोले पुरै घर पुर्दा सबै परिवारका सदस्य वेपता भएका हुन ।
आइतबार बिहान साढे १० बजे घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा विष्टकी ३५ वर्षीया पत्नी ममता, १५ वर्षीय छोरा भरत, १३ वर्षीय छोरा कृपेश र ११ वर्षीया छोरी ज्यानी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बिष्ट परिवार सहित एक जना अर्का गरी छ जना वेपता भएको बताउनुभयो ।
रिमालका अनुसार घरमाथिबाट आएको पहिरोले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि पहिरोले बगाएको छ । पाँच दिनदेखि लगातारको वर्षाका कारण बेपत्ता भएकाहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । घटनास्थलमा ८ जनाको प्रहरी टोली गए पनि पहिरो बगिरहेकाले खोजी गर्न कठिन भएको बताईएको छ । प्रहरी प्रमुख रिमालले तिलागुफा ६ भैसैगोडास्थित जोरासिंह शाहीको घर पहिरोले पुरिँदा उहाँकी ८० वर्षीया आमा लालका शाही बेपत्ता भएको खवर आएको बताउनुभयो ।
लगातारको वर्षाले कालीकोटको जनजीवन प्रभावित भएको छ । पहिरोले कर्णाली करिडोर र कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध छन । वर्षाले ठाउठाउँमा सडक भत्किएको छ भने रास्कोट, सन्नीत्रिवेणी र शुभकालिकामा घरहरू भत्किएका छन । तर त्यहाँ भने मानविय क्षती हुनवाट भने जोगिएका छन । तिलागुफानमा पहिरोले घर पुरै पुरेकाले वेपता नागरिक जिवित हुने सम्भावना छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित