लगातारको वर्षाले आउजाउ गर्न कठिन

लगातारको वर्षाले आउजाउ गर्न कठिन

प्रेमराज सिम्खडा
कालीकोट, असोज २१ गते । दसैको दिन देखि सुरु भएको वर्षाले जनजिवन कस्टकर बनेको छ । दसैको टिका थाप्ने शुभ साईतको केही समय पछिवाट सुरु भएको बर्षा अझै नरोकिदा जनजिवन कस्टकर बनेको हो । वर्षाले गर्दा आफ्नो घरवाट अर्को घर सम्म टिका थाप्न समेत समस्या भयो भने दसै सकेर कर्मथलो फर्किनेहरुलाई झनै समस्या भएको छ ।
दसैको टिका लगाउन मान्यजन सम्म जानेहरु झनैमा समस्यामा परेका छन । कालीकोटको पलाँता गाउँपालिका वडा नं ९ बाट जुम्लाको हिमा गाउँपालिका माइती घर भएकी उइजना बम माईतीमा टिका थाप्न दसैकै दिन हिड्नुभयो । गाडीमा छ घण्टाको समय लाग्ने भएपनि ३० घण्टा पछि मात्र माईतीमा पुग्नु भएको छ । तीन घण्टाको सकड कर्णाली करिडोरमा २४ घण्टा लगाएको बताउने बमले अव मान्मवाट वढिकै लागे छ घण्टा लाग्ला भन्दै अव भने धेरै दुख नपाउने आफुले बिश्वास गरेको सुनाउनुभयो ।

कर्णाली लोकमार्ग अलि मर्मत भएकाले समस्या नहुने उहाँको वुझाई छ । साथमा रहनु भएका उहाँका श्रीमान नन्दसिहं बमले दसैको बेला यस्तो भारि बर्षाले सयौ नागरिकलाई समस्या भएको सुनाउनुभयो । सडक अवरोध त आज सम्म भएको छैन । तर एकै ठाउँमा हिलाम्मे सडकमा घण्टौ लाग्ने भएकाले यातायातलाई आउजाउ गर्न कठिन भएको बमको भनाए छ । जुम्ला सुर्खेत लोकमार्ग अवरोध अहिले सम्म नभएपनि हिलाम्मे सडकमा भने यातायातले सास्ती पाईरहेका छन । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार पहिरो आएको खवर छैन । तर केही ठाउँमा हिलाम्मे सडक भएकाले गाडी चढ्न नसकेर समस्या भने भईरहेको छ ।
प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले अहिले सम्म ठुलो पहिरो नआएपनि सुनारखोला लगाएतका निरन्तर पानी पर्दा वगिरहने सडकले भने धोका दिने बताउनुभयो । सडकको स्काभेटरको चालक दसै मान्न घर गएकाले ठुलो पहिरो आईहालेको खण्डमा भने समस्या हुने बताउनुभयो । प्रजिअ शर्माले तर पनि वैकल्पीक केही ब्यवस्थापन गर्ने तयारीमा रहेको भन्दै सबै तिरका प्रहरी युनिटलाई वैकल्पीक उपायका बारेमा सोचिरहन भनेको सुनाउनुभयो । पानी रोकिएमा खासै समस्या नहोला नत्र परिरहेको खण्डमा भने करिडोर र कर्णाली लोकमार्गमा समस्या आउने चिन्ता वढिरहेको सुनाउनुभयो ।


बर्षातले गर्दा पशुपालक पनि समस्यामा परेका छन । रास्कोट २ का भेडा पालक रंग खड्काले लगातारको पानीले गर्दा भेडालाई चराउन समस्या भएको सुनाउनुभयो । लेकाली क्षेत्रवाट फोन मार्फत सम्पर्कमा आउनु भएका खड्काले कहिले सम्म पानी पर्ने हो भनेर वुज्न फोन गरेको भन्दै लेकाली क्षेत्रमा भेडाको बथानमा समस्या भएको सुनाउनुभयो । वर्षातले निकै दुख दियो । कहिले सम्म पानी पर्ने हो समाचारमा के छ भनेर फोनमा मार्फत सुचना लिनुभएका खड्काले यसरी एक दुई दिन थप पानी परेमा भेडा मर्ने चिन्ता रहेको सुनाउनुभयो । भेडाको उन काटिएकाले चिसोले मर्ने खड्काको भनाई छ । लगातारको पानीले कालीकोटको सदरमुकाम मान्ममा चिसो पनि निकै वढेको छ । अन्य दिनेका भन्दा तापक्रम घटेको छ । अन्य दिनमा २६ देखि २८ डिग्री सेल्टीग्रेट तापक्रम हुने कालीकोटमा आज १४ सेल्टीग्रेट तापक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित