प्रेमराज सिम्खडा
कालीकोट, असोज २० गते । कालीकोट जिल्लाको साविकको चिल्खाया गाउँविकास समिति हालको तिलागुफा नगरपालिका वडा नं ९ कुनै बेला दुई समुहको युद्ध स्थल रहेको खुलेको छ । मार्षी धान पाकेर लहलह भएको चिल्खायाको यो जिउलो पुरापुर्वकालमा कलेल राजा र रास्कोटी राजा बिचको (लढाई) युद्ध स्थल थियो ।
दुई ठकुरी समुह बिच युद्ध हुने भुमिलाई पछि अतिक्रमित भुमि (हाल भारत) मा पर्ने कुमाउ गढवालबाट आएका बाहुनलाई दक्षिणाका रुपमा दिएपछि युद्ध रोकिएको वुढापाकाहरुको भनाई बाट खुलेको छ । जुन बेला कोट कोटका राजा थिए । त्यो बेला मैदान परेको भुमि आफ्नो कब्जामा लिनका लागि दुई कोटे राजा बिचमा युद्ध चल्ने र कसैले पनि कब्जा गर्न नसक्दा युद्ध जारी रहन्थ्यो । पछि भारतको कुमाउ गढवाल भारतले आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँबाट भागेर आएका बाहुनलाई बास स्थानका रुपमा राजाले दिएपछि युद्ध रोकिएको भनाई छ ।
वडा नं ९ का वडा अध्यक्ष नरेन्द्रवहादुर रोकायाले आफुले वुढा पाकावाट जानकारी पाए अनुसार जुन बेला नेपाल छिन्नभिन्न थियो । त्यो बेला सधै दुई (रास्कोटी र कलेल) राजा बिच लढाई भईरहने भुमि थियो । यहाँ कोही कसैले पनि खेती गर्ने चलन थिएन । जब युद्ध रोकियो, व्रामणलाई दक्षिणाको रुपमा जमिन प्रदान भयो, त्यसपछि खेती गर्न थालेको अध्यक्ष रोकायाको भनाई छ । सिचाईका लागि निकै समस्या भएपछि स्थानीयले बन्चुगाढवाट कुलो खनेर पनि ल्याएका छन ।
स्थानीय धनराज उपाध्यायले पौराणीकमा कासिवाट आएका तिलचन्द पन्डीत पात्मा माथि कोटखप्ला भन्ने ठाउँमा रास्कोटी राजाकी रानी गर्भवती हुदा बिरामी भईन । त्यो बेला त्यहाँ पुगेका तिलचन्द पण्डीतलाई रास्कोटी राजाले (औषधी उपचार नहुने त्यो वेला) के भयो जान्छौ भनेर भन्दा तिलचन्द पन्डीतले रानीका नारीमा धाको वानेर बिराम अरु केही छैन चट्टानी क्षेत्रको राक्षसको दृष्टी परेकाले यस्तो भएको र यसै बिधिवाट निको हुने यो समय र यो दिन रानीको कोखवाट सुपुत्र जन्मीने छ भने पछि भने अनुसार नै रानीको गर्भवाट छोरा जन्मे पछि रास्कोटी राजाले उहाँ तिलचन्द पन्डीतलाई दुई राजा बिचको सिमा क्षेत्र यो क्षेत्रमा वास दिएको भनाई रहेको बताउनुभयो ।
त्यसपछि कलेल राजा र रास्कोटी राजाका सेना आउने क्षेत्र बिचमै पण्डीतको बास भएकाले यो पण्डीतको सल्लाह अनुसार युद्ध गरौ भन्दा तिलचन्दले युद्ध गर्न नदएिकै कारण शान्ती भएको र त्यसैको प्रभाव अहिले सम्म रहेको पाईन्छ । उपाध्यायले अहिले पनि त्यो सिमा क्षेत्रमा शिव जिको मन्दीर छ । युद्धलाई बिश्राम गर्ने बेलामा कलेल र रास्कोटीका राजा बस्ने ढुङगा अझै छन । गाउँमा अझै बिवाद हुदा कसैले कसैलाई अन्याय गर्दा त्यही शिव जिको मन्दीर( कलेल र रास्कोटी राजा) वस्ने ठाउँमा देउल बनाईको छ । त्यहा गएर कसम खाएमा न्याय मिल्ने र अन्यायीलाई क्षती पुग्ने जनबिश्वास छ । ६७ वर्षका धनराज उपाध्यायले सयौँ वर्ष पहिला घोडाभेडा पाल्न चरिचरन क्षेत्र रहेको चिल्खाया जिउलो धेरै पछि खेती गर्न थालेको सुनाउनुभयो । अहिले यो मार्षी जिउलाको रुपमा परिचित छ । आठ किलोमिटर बन्चुगाढवाट कुलो खनेर ल्याएको त्यहाँ सय मिटर सम्म काठका पुल पानी पास गर्ने पदाँला हालेर पानी ल्याएको उहाँका भनाइ छ ।
कसरी राखियो चिल्खाया नाम
चिल्खायाको नामकरण वस्ती वसिसकेपछि एक सादुका कारणले रहेको भनाई छ । वस्ती वसेको थियो घुम्दै एक सादु आए । एक वाँजेले आफ्नो नातीलाई (बच्चालाई) पढाई दिन सादु कहाँ सुम्पीए । सादु र वाजे बिच दोहोर सम्झौता भयो । १२ वर्ष पनि वच्चालाई पढाएर फिर्ता ल्याउने र सादु संग रहेको फलामको लवा ( लाठी) फिर्ता लिने सर्त भयो । १२ वर्ष पछि सादु त्यहाँ फर्किए । वाजेले आफ्नो नाती खै भनेर किन नल्याएको भन्दा सादुले वच्चालाई चिलले लिएको सुनाए । उनले आफ्नो फलामको लाठी लवा खै भन्दा त्यो लवा घनले खाएको जवाफ आयो । अनि दोहोरो छलफल हुदा बच्चलाई चिलले पनि नलिएको र लवा लाई घनले पनि नखाने भएपछि पारी घनखायाँ र वारी चिलखाया नाम रहेको इतिहास छ । पछि घनखायालाई भात्तडी नाम राखियो ।





