वादी समुदायलाई युवा नेता बमद्धरा चामल

वादी समुदायलाई युवा नेता बमद्धरा चामल

कर्णाली समाचारदाता कालीकोट असोज ५ गते । नेपालमा संबिधान सभाबाट संबिधान जारी भएको सात वर्ष पुरा भएको शुभ असरमा वजारमा नारा जुलुस थियो । जिल्ला समन्वयको हलमा नेता र स्थानीय सरकार प्रमुख भाषण गर्न ब्यस्त थिए । त्यसै सभा हल सफा गरिरहने वादी समुदायकी एक महिला घरमा वालवच्चालाई खाना खुवाउने केही छैन भन्दै जिल्ला समन्वयका कर्मचारीसंग काम गरे वापतको रुपियाँ दिन भन्दै हुनुहुथ्यो ।

नेपालको सातौ संबिधानका सात वर्ष बितेको स्मरण गदै संबिधानमा के ब्यवस्था छ भन्ने भन्दा पनि सबैले सफल कार्यन्वय गर्नु पर्ने भन्दै भाषण आईरहेको थियो । कार्यक्रम स्थल तल वादी समुदायको वस्ती छ । त्यहाँ सोमवार अवेर मान्छेको हुल देखियो । त्यहाँ अरु केही नभएर खाना नपाएका वादी समुदायलाई कालीकोटका एक युवाले चामल प्रदान गरिरहनु भएको रहेको छ । गोरखापत्रले खोजि गदै जादा उहाँ युवा पलाँता गाउँपालिकाका पुर्व अध्यक्ष (हाल स्वतन्त्र) लक्ष्मणवहादुर बमले प्रति घर परिवारलाई खाद्यान्न बितरण गरिरहनु भएको थियो । वादी समुदायका १६ घरपरिवारलाई प्रति परिवार चामल, दाल, नुन र तेल प्रदान गर्नुभयो ।

समाजसेवी बमले संबिधानमा गासवासको ग्यारेन्टी गरिएको छ । तर समाजमा रहेका गरिव असायहरुले त्यो अनुभुती कहिले गर्ने भन्दै आफुले सानो सहयोग भएपनि अरु हुनेखाने नेताहरुको ध्यानाक्रषण गर्नका लागि सुरुवात गरेको प्रतिक्रिया दिनुभयो । उहाँले आफुसंग कुनै स्वार्थ नरहेको भन्दै चुनावमा लढेपनि आफु यो भन्दा ख प्रदेशमा लड्ने हुदा उहाँहरुको मत मलाई काम लाग्दैन । तर मैले संबिधान निमार्ण गर्नेहरुको ध्यानाक्रमण गरिरहेको छु । आफैले जारी गरेको संबिधानमा के थियो भन्ने एकिन नेताहरुमा भएन ।

दिन भरी भाषण गरे मैले पनि सुने तर संबिधानले गरेको ब्यवस्था अनुसार केही अभ्यास पनि हुन प्रयो भनेर कसैले सोचेनन । एक महिना जो नाम मलाई थाह छैन चिन वादीको श्रीमती हुनुहुने रहेछ उहाँले केही कुरा गरेको सुनेर म पसलमा पुगे ब्यापारीसंग चामल मागे र गाडीमा हालेर यहाँ आएर उहाँहरुलाई खाईदिन मेरो सहयोग भने बमले भन्नुभयो । कालीकोटमा लामो समय देखि वादी समुदाय छाप्रोमा वस्दै आएका छन । न उनिहरुको घर छ न त खाने गास नै छ । दिन भरी मजदुरी गर्ने र साँझ त्यही मजदुरी गरेवापतको रुपियाँले दालचामल किनेर पेट पाल्दै आएका छन । यो समुदाय चुनावका वेला भने खुवै चर्चामा हुन्छ । सबै दलले भोटका लागि बिभिन्न लोभ देखाउछन । त्यहाँ भेटिनु भएका चिन वादीले चुनावका वेला त सबै दलले भेट्ने र सहयोग भनेर रुपियाँ समेत दिने गरेको प्रतिक्रिया दिनुभयो । उहाँले त्यसपछि भने कोही आउदैन्न हाम्रो दुख उस्ताका उस्तै हुन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित