कालीकोटका सुवासको त्यो गोल जसले नेपाललाई फाइनलमा पुगायो ।

कालीकोटका सुवासको त्यो गोल जसले नेपाललाई फाइनलमा पुगायो ।

प्रेमराज सिम्खडा
कालीकोट भदौ २८ गते कालीकोटका सुवास बमको नाम प्राय यस भन्दा अगाडी आफन्तले मात्र चिन्ने नाम हो । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ५ निवासि स्वास्थ्यक्रर्मी हेमराज बमका कान्छा छोरा सुवास बम कक्षा पाँच पढ्दै गर्दा फुटवल खेल्न सुरु गर्नुभएको थियो । सानै उमेरमा काठमाण्डौमा पढ्दै आउनुभएका सुवासलाई राम्रो प्रतिभा देखेर राष्टिय फुटवल संघले आफ्नो टिममा पादै रुपन्देही वुटवलमा पढाउदै फुटवल खेलाउदै आएको थियो ।
वुटवलमा वसेर पढ्ने र बिभिन्न प्रतियोगितामा भाग लिदै आउनु भएका सुवास साफ च्याम्पियनसिपका लागी छनोटमा पर्न निकै कसरत गर्नु परेको थियो । सुरुको ६० जनाको समुहमा समेत नपर्ने स्थीती आएपछि सुवास आफैले आफ्ना गुरुसंग आफुलाई परिक्षणका लागि मात्र भएपनि टिममा पार्न अनुरोध गरेको सुवासका आफन्तको भनाई छ । ६० जनाको समुहमा परेपछि लगातार आन्तरित प्रतिस्पर्धामा सुवास २३ जना भित्र छनोटमा परे ।

श्रीलङ्कामा हुने १७ वर्षमुनिको साफ च्याम्पियनसिपमा खेल्न पाइन्छ या पाइदैन निश्चित थिएन । तर भाग्यवस खेल्न पाएर गोल पनि गरे । श्रीलङ्का घरेलु टोलीको सामना गरिरहेको नेपालको खेल निकै उत्साहजनक थियो । किन की त्यो भन्दा अगाडी पनि नेपाली टोलीले गोल गरिसकेको थियो । सुवासले खेलको ३१ औ मिनेटमा तेस्रो गोल गरेपछि निकै चर्चाको बिषय बनेको छ । श्रीलङ्काका खेलाडी हेदैमा पनि अग्ला छन । दुई जना श्रीलङ्काली खेलाडीलाई छक्काउदै सुवासले गोल हान्नु सानो चुनौती थिएन । संगसंगै दोडिरहेपनि सुवासले गोल हानेपछि नेपाली खेलप्रेमी उत्साहित भए ।

सामाजिक सञ्जालमा कालीकोटका सुवास बम जसले साफ च्याम्पियनसिपमा भाग लिएर गोल गरेपछि समाजिक सञ्जाल रंगिएको छ । उत्साह पुर्ण खेल संगै गोलले सबैलाई जर्सी नम्वर २२ सुवास बम मानसपोटलमा वसेका छन । खेल प्रति खासै चासो नराख्ने कालीकोटका लागि सुवासले आँखा खोलिदिनु भएको छ । सुवास लगाएत ६ जना नेपाली खेलाडीको सान्दार गोल पछि नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
श्रीलङ्कामा जारी १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको हो । गएराति भएको खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधिका लागि बुधवार भारतसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । यसअघि समूह चरणको पहिलो खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित