खुला ठाउँमा फोहोर पाल्दा दुगन्ध बड्यो

खुला ठाउँमा फोहोर पाल्दा दुगन्ध बड्यो

कर्णाली समाचारदाता
कालीकोट भदौ २५ गते । कालीकोट जिल्लाको सदरमुकाम मान्म वजारको फोहोर अहिले खुला वन र खोला क्षेत्रमा फाल्ने गरिएको छ । नगरपालिकाले ३३ लाख खर्च गरेर बनाएको डम्पीन साईड प्रयोगमा आउन नसकेकाले बजारको फोहोर जती नजिकैको वन र खोलामा फाल्ने गरिएको छ । जथाभावि फोहोर फाल्ने गरेकाले सबै तिर दुरगन्ध फैलिन थालेको छ ।
फोहोर फाल्ने व्यवस्थीत ठाउँ नहुँदा खुला ठाउँमा फाल्ने गरेकाले वातावरण दूषित बन्दै गएको छ । जिल्लाको मुख्य बजार मान्मको फोहोर फाल्ने ठाउँ ओख्डेनि खोला बनेको छ । विगत पाँच बर्षदेखि कालीकोटको मान्म बजारको फोहोर रोटेपानी जङ्गल हुदै ओख्डेनि खोलामा थुपाने काम अहिले पनि जारी छ । बजार क्षेत्रको सबै फोहोर ओक्डेनि क्षेत्रमा फाल्नाले दुगन्ध फैलिएर खाँडाचक्र ११का स्थानियलाई आवत जावत गर्न समेत समस्या भएको छ । ११ को सियाला वस्तीका नागरिकले पिउने पानी पनि प्रदुशित भएको छ । स्थानिय मनिराज पाण्डेले खोलामा फोहोर थुपार्ने भएकाले वर्षातको समयमा त्यसैको ढल पिउने पानीमा मिसावट हुने गरेको बताउनुभयो ।
खाँडाचक्र नगरपालिकाका हिक्मतजंग मल्लले कुनै बेला स्वच्छ हावापानि हुने रोटेपानी जङ्गल र ओख्डेनि खोलामा विभिन्न पेयपदार्थका बोतल र प्लास्टिक भात, दाल, तरकारी, मासुका हड्डी मात्र देखिन थालेको बताउनुभयो । खुला दिसा मुक्त जिल्ला घोषणा भइसकेपछि खोलामा दिसापिसाब देखिन छोड्यो तर अहिले बजारबाट निस्किएको फोहर र मदिराका बोतलको थुप्रो मात्र देखिरहेको मल्लले भन्नुभयो । उहाँले बजारका होटल, पसलवाट जम्मा भएको फोहोर नजिकै ओख्डेनि खोलामा थुपारेको देखिन्छ । खाडाचक्रको (सियाला)को बस्तिलाई खानेपानी दुषित बनाएको छ । बाताबरणलाई कस्तो असर गर्छ भनेर कुनै मापन नगरी सरकारले अव्यवस्थित फोहोर फाल्नुले जटिल रोकको सिकार नागरिक हुने छन ।
फोहोर ब्यबस्थापनको दिर्घकालीन उपाय खोज्न स्थानीय सरकारले नसकेको नागरिकको गुनासो छ । स्थानीय किशोर आचार्याले सामुदायिक वन समितिसँग कुनै कुरा नगरि रोटेपानीको जङ्गलहुदै ओख्डेनि खोलालाई डम्पिङ साइटकालागि प्रयोग गरिदै आएको बताउनुभयो । नगरपालिकाले डम्पिङ साइटको व्यवस्था नगर्दा बजारको फोहोर जङ्गलमा फालिएको छ । खाँडाचक्र नगरपालिकाले एकीकृत फोहर ब्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माणका लागि रोटेपानीमा ३३ लाख खर्च गरिसकेको छ । उचित ठाउँ नपाउँदा नगर भित्रको फोहर व्यवस्थापनमा चुनौती देखिदै गएको छ । ३३ लाख खर्च गरेर डम्पिङ साइट निर्माण भए पनि व्यवस्थित नहुदा फोहोर फाल्न समस्या हुने गरेको छ ।
नगरपालिकाले फोहर व्यवस्थापन केन्द्रको अभावमा मान्म बजारबाट सङ्कलन हुने फोहर सडक छेउमा थन्क्याउने गरेको छ । खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा चुनौती थपिदै आएको स्वीकार गर्नुभयो । उहाँले नगरपालिकाले डम्पिङ साइट निर्माण गरेको भएपनि प्रयोगमा नरहेको बताउनुभयो । उहाँले अवको केही महिनामा मान्म बजारको फोहोरलाई ओख्डेनिको जङ्गलमा नफल्ने गरि व्यवस्थापन गर्न लागेको सुनाउनुभयो । तर कहाँ फालिन्छ त्यसको कुनै जानकारी भने दिनु भएन ।
नगरपालिकाले ३३ लाखमा निमार्ण गरेको डम्पीन साईड जो प्रयोगमा छै्रन तस्वीरः प्रेमराज सिम्खडा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित