त्रिवेणी देखि बडीमालिका सम्मको यात्राः फोटो फिचर

त्रिवेणी देखि बडीमालिका सम्मको यात्राः फोटो फिचर

कालीकोट भदौ २५ गते । नेपालका प्रमुख चार धाममध्ये एक हो वडिमालीका माईको पुजा । श्रावण शुक्ल द्धादशीका दिनवाट लाग्ने पुजा साउन २६ गते शुक्ल चतुर्दशीका दिन बिर्षजन हुन्छ । समुद्री सतहबाट चार हजार दुई सय मिटर माथिको रहेको यो अग्लो हिमालमा अवस्थीत वडिमालिका माईको दर्शनका लागि श्रदालु भक्तजनहरु सपाट मैदान भएको त्रिवेणी पाटनलाई छिचोल्दै जाने गर्दछन ।

 

त्रिवेणी पाटनमा ढकमक्क फुलेका बिभिन्न प्रजातीका फुल, मैदानमा लस्करै लागेका भेडाका वथान, गुरुरु दण्डै गरेको घोडाहरुलाई निहाल्दै, तस्वीर खिच्दै, फुलेको चुनसंग सामिप्यता गदै श्रदालुभक्तजनहरु एक राती अनिवार्य त्रिवेणीमा वास वस्ने गर्दछन । श्रावण शुक्ल त्रयोदशीका दिन बिहान स्नान गरेर धुपवत्ती वाल्ने र त्रिवेणीमा रहेका मन्दीरमा पुजा गरेर वडिमालिका माईको जयजयकार गदै अलि उकालोको यात्रा गर्ने गर्दछन ।

वडिमालिकामाईको थाकथलोमा जानका लागि कालीकोट र वाजुरा जिल्लाको सिमा स्तम्भ भएको लैडिबिनायक सम्म मानव लस्करले सुन्दर पाटन झन सुन्दर देखिने गर्दछ । वाजुरा जिल्लाका भक्तजनहरु पनि त्रिवेणीमा आएर स्नान गर्नु पर्ने अनिवार्य जस्तै छ । शुद्ध हुन, बडिमालीका माई प्रति श्रदा गर्नका लागि त्रिवेणीमा आउने स्नान गर्ने, पुजारीले त्रिवेणीमा सबै धातुले वनेको गजुरलाई नुहाउने चलन छ । कालीकोट, वाजुरा, डोटी, जुम्ला, अछाम, वैतडी, वझाङ, दार्चुला, दैलेखकाहरुले त्यो गजुर नुहाउदै गर्दा आ आफ्नो क्षेत्र तिर खोस्ने चलन छ । गजुर जता तिर खोस्न सकियो त्यहाँ बडिमालीका माईको नजर पर्ने र त्यहाँ वर्ष भरी शुभ हुने किम्मदन्ती छ ।

तर बिषेश गरी पुर्व र पश्चिममा लैजाने चलन छ । आज सम्म पुर्व तिर अर्थात कालीकोट पक्षका लागि गजुरलाई पश्चिम तर्फ खोसेर लिन दिएको पाईदैनन । यसपालि पनि कालीकोट तर्फको समुहले गजुर खोसेर जय वोलाउदै त्रिवेणी पाटनको परिक्रर्मा गरेका थिए । त्यो एक किसिमको सिल्ड जस्तै मान्ने गरिएको छ । त्यसपछि सान्त हुने भक्तजनहरुको यात्रा वडिमालिका तर्फ अगाडी वड्छ । लैरीविनायक सम्म सपाट मैदानको यात्रा गदै भक्तजनहरु बिभिन्न ठाउँमा तस्वीर लिदै जाने गर्दछन । त्यसपछि भने कही भिरालो चुचुरो परेका अग्ला पहाड, कहि थुम्का, थुम्की, कहि अनन्त फाँट । कार्पेट बिच्छ्याए झै भुइँमा ढकमक्क हरियो चुन, फूल हेर्दै अगाडी वड्छन ।

त्रिवेणी देखि बडिमालीका पुग्नका लागि यहाँको भूगोलमा टेकेर जब मान्छे आसपासका दृश्य नियाल्छन, तब मन नै हराभरा हुन्छ । कञ्चन निलो आकास, आँखाले भ्याएसम्म देखिने पहाड, पर्वत, बेलाबेला लुकामारी खेल्ने भुईंकुहिरो, अनि अनायसै स्पर्श गर्ने चिसो सिरेटो, पृष्ठभूमिमा यदाकदा गुञ्जने धार्मिक देउडा भाका । यस्तो लाग्छ, मानौं कुनै काल्पनिक लोकमा प्रवेश गरिरहेका छौं । मनोरम प्राकृतीक सुन्दरताले भरिपुर्ण यस क्षेत्रलाई पर्यटन बिकासका लागि आसपासका स्थानीय तहले प्रचार मात्र गरे पुग्ने छ । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका भएर यहाँ पुग्ने जो कोहीको मनोरम दृश्य, कलात्मक प्राकृतिक रुपमा वनेका फाँट, अझै भन्दा समथल मैदानमा धान रोपेका जस्तै दुरुश्त देखिने खेतहरुले उकालो चढ्दा महसुस भएको थकान समेत हराउछ ।


पाटनमा सितै देखिने भेडाच्यांग्राको लामालस्कर, पाँच छ महिना देखि घर छोडेर पाटनमा चरिचरनका लागि छाडा छोडिएका घोडाघोडी, घोडीले जन्माएका स साना बछेराहरुलाई पर्दामा राखेर तस्वीर लिने, भिडियो वनाउनेहरुको भिडले अनन्त फाँट भरिभराउ हुन्छन । जति बखान गरे पनि पुग्दैन, त्रिवेणी बडिमालिकाको । धार्मिक आस्था र पौराणिक महत्वको यो थलो आफैंमा कुशल चित्रकारको गाथा झैं लाग्छ । कालीकोटको शान्नत्रिवेणीमा रहेको त्रिवेणी फाँटले बडिमालीकालाई पृष्ठभुमीमा राखेको छ भने बाजुराको त्रिवेणी नगरपालिकामा अवस्थित बडीमालिकाको मन्दीरले सेतै देखिने अपी सैपाल हिमाललाई पृष्ठभूमिमा राखेर आगन्तुकलाई लोभ्याईरहेको छ ।

सान्नीत्रिवेणी गाउँपालिका उपाध्याक्ष पार्वती सिहं सज्यालले प्रकृतिको काखमा रमाउन उत्सुकहरुका लागि गज्जबको गन्तव्य पनि हो बडिमालिका तिर्थयात्रा । त्यसैले यहाँ मनोरम यात्रा संगै आफुले सोचेका सपना पुराका लागि एक पटक पुग्न निम्तो समेत गर्नुभयो । बडिमालिकामा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्छ । मेला भर्न देशभरबाट सयौं तिर्थालु पुग्ने गर्छन् । भारतबाट पनि थुप्रै तिर्थालु बडिमालिकाको दर्शन गर्न पुग्छन । यसपालि नियमित झै जुम्ला, कालीकोट, दैलेख, वाजुरा, डोटीवाट सरकारी पल्टन सहित तिर्थयात्रीहरुको आवागमन भएको थियो । थप यो वर्ष ठुलो समुहमा वैतडी, वझाङ, दार्चुला, कैलाली, कन्चनपुर, वाँके, वद्रिया, दाङ, गोरखा, चितवन, वारा, सिराह, सप्तरी,सिन्धुली जिल्लावाट पनि वडिमालीका पुग्नेहरुको समुह देखियो ।

वाटोमा हातमा लाठी वोकेर कक्क्रक परेका बृद्धबृद्धाहरु समेत सात दिन देखि १५ दिन सम्म पैदल यात्रा गरेर वडिमालिका पुगेको प्रतिक्रिया दिईरहेका थिए । वैतडीको मेलौलीवाट आएको वताउने ८५ वर्षिय एक बृद्ध सानो समुहको अगाडी लागेर वडिमालकिा तर्फ जादै गर्दा लेकलागेको अनुभव गरेर साहस फुलाउदै थचक्क वसेका अधवैसे उमेरका मान्छेलाई समेत जोस आउने र वाटो कटाउने उर्जा मिलेको देखिन्थ्यो । कोभिडका कारणले गएका दुई वर्ष तिर्थ मेलाको रौनक घटेको थियो । यसपालि भने बडिमालिकामा मेला भर्नेहरुको घुइँचो थामि नसक्नु भयो । यहाँ वर्षमा दुई पटक मेला लाग्छ, गंगा दशहरा र जनैपूर्णिमाको दिन । तर सबै भन्दा ठुलो तिर्थमेला लाग्ने भनेको जनैपुर्णिमाको दिनमा हो ।

वडिमालीकाको यात्रामा भेटिनु भएका भानु आचार्यले आफुले सुने भन्दा धेरै स्वर्ग भएको महसुस गरेको सुनाउनुभयो । स्वर्ग भनेको सायद यही होला । जता हेर्यो, उतै मन रमाउने । यही महिनौ वस्न पाए वल्ल धित मर्ने थियो भन्दै साथीहरुसंग गफिरहनु भएको थियो । त्यसो त गन्तव्यमा मात्र होइन, यात्रामा पनि मन उत्तिकै रोमाञ्चक हुन्छ । बाटोमा भेटिने स–सना मठ मन्दिर, कञ्चन हिमाली खोला, अविरल बगिरहने झरना, विशाल पाटन एवं घाँसे मैदान । जति हेरेपनि मन अघाउँदैन । यहाँका पाटनहरुमा भेंडा चराउन ल्याइन्छ । त्रिवेणी बडिमालिका क्षेत्रमा यो समयमा ७० हजार देखि एक लाख भन्दा बढी भेँडा चरिचरन गर्ने गरेको स्थानीय बताउँछन् ।

कालीकोट बाजुरा, हुम्ला, मुगु अछाम, लगायतका जिल्लाबाट भेँडाहरु ल्याएर बैशाख देखि असोज महिनासम्म चराउने गरिन्छ । यी पशु चौपायाले त्रिवेणी बडीमालिकाका फाँटहरुमा झनै शोभा बढाउँछन । लौरी विनायकमा भेटिनु भएका भेडागोठाला रङग खड्काले द्धन्द्धकालमा केही भेडापालक किसान घटेपनि पछिल्लो समय बृद्धी भएर पुरानै लयमा फर्किएको सुनाउनुभयो । उहाँले अव सरकारले अनुदान दिन थालेकाले पनि भेडा पाल्ने किसान उत्साहित भएर पाटन भरिभराउ हुने गरेको प्रतिक्रिया दिनुभयो । यस क्षेत्रका फाँटहरुले मौसम अनुसार रुप परिवर्तन गर्छन । हिँउदमा यो सेताम्मे हुन्छ, वर्षायाममा रंगीचंगी । हरिया फाँटहरु ढकमक्क फुल्ने फूलहरुले बिछट्टै हरावरा सुन्दर मैदानमा परिणत हुन्छन । वास्तवमै प्रकृतिकोे अनुपम उपहार हो, त्रिवेणी बडिमालिका क्षेत्र ।



सुन्दर त्रिवेणी वडिमालीकाका मनमहोक लाग्ने यि फाँट फोटोफिचर प्रेमराज सिम्खडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित