पोखरामा तिब्र गतिको स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते

पोखरामा तिब्र गतिको स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते

कास्कीको पोखरा महानगरपालिका–९ मा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारका अन्दाजी ४० बर्षीय किशोर कुमार थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा राती सवा १ बजे मृत्यु भएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका स्कुटर चालक ३० बर्षीय नागेन्द्र केसीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

एयरपोर्टबाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग १९ प ५२१ नम्बरको स्कुटर गएराती १२ः४५ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित