झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार पालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार जीत बहादुर राईलाई पराजित गर्दै एमालेका उम्मेदवार कुशबहादुर थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धन दलहरूको तर्फबाट माइजोगमाई गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका जीत बहादुर राई उम्मेदवार बनेका थिए ।

थेबेले पाँच हजार १५३ मत प्राप्त गर्दा राईले चार हजार ९१३ मत पाएका छन् । राईले २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका थिए । एमाले विभाजन पछि उनी नेकपा एसमा लागेका थिए ।

उपाध्यक्षमा भने गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी प्रविना राई निर्वाचित भएकी छिन् । उनले एमालेकी उम्मेदवार सावित्रा भट्टराईलाई पराजित गरिन् । राईले पाँच हजार १५९ मत पाउँदा भट्टराईले भने चार हजार ८८३ मत पाएकी छिन् । भट्टराईले पहिलो स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी थिइन् ।

माइजोगमाई गाउँपालिका ६ को वडाध्यक्षमा नेकपा एमालेका दीपेश सोङ्मी लिम्बु निर्वाचित भएका छन् । उनले ७५० मत पाउँदा काँग्रेसका भोगेन्द्र थेवेले ६८१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित