एमाले पोखरा २८ को घरदैलोसंगै मतदाता शिक्षामा जोड

एमाले पोखरा २८ को घरदैलोसंगै मतदाता शिक्षामा जोड

स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा एमाले पोखरा २८ द्धारा घरदैलो कार्यक्रमसंगै मतदाता शिक्षामा जोड दिएको छ । मतदान केन्द्रमा पुगेर मतदाताले खसालेको मत बदर नहोस भन्ने मुख्य उदेश्यका साथ घरदैलोसंगै मतदाता शिक्षामा जोड दिइएको हो ।

हातहातमा नमूना मतपत्र लिएर मतदाताको घरदैलोमा पुगेका एमाले कार्यकर्ताले मतदाता परिचयपत्र लिएर केन्द्रमा जान र स्वस्तिक छाप लगाउने तरिका सिकाउदै ढुक्कसंग मतदान गर्न अनुरोध गरिएको एमाले पोखरा २८ का वडाअध्यक्षका उम्मेदवार बैनबहादुर गुरुङले जानकारी दिनुभयो ।
घरदैलो कार्यक्रमका क्रममा साविक माझठानाको वडा नं. ६ बाँस्तोला गाउँको नेटामा भेटिनु भएका उहाँले शिक्षा र पर्यटनको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

शिक्षा क्षेत्रमा सोचे जस्तो प्रगति प्राप्त गर्न नसकेको बताउँदै उहाँले भन्नुभयो आफुले वडाअध्यक्ष पदमा विजयी भएसंगै युवालाई स्वदेशमा रोजगारी सिर्जना गर्ने खालाको शिक्षा प्रदान गर्न पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पाँच बर्षको अवधिमा पोखरा २८ को विकास निर्माणले फड्को मारेको उल्लेख गर्दै गुरुङ भन्नुहुन्छ कतिपय अधुरा काम पुरा गर्न आप्mनो उम्मेदवारी भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो मनोरम हिमश्रृखला, झरना र तालतलैयाको दृश्यावलोकन गर्न सकिने पर्यटनको प्रचूर संभावना बोकेको पोखरा २८ लाई पर्यटकीय हवका रुपमा विकास गर्दै स्थानीयवासिन्दाको आयआर्जनसंग जोडने लक्ष्य छ ।

एमालेले सो वडामा वडाअध्यक्ष बैनबहादुर गुरुङ, महिला सदस्य राधिका पौडेल, दलित महिला सदस्यमा सरु विश्वकर्मा र खुल्ला सदस्यव्दयमा विरेन्द्र भण्डारी र प्रकाश दवाडीलाई उम्मेदवार बनाएको छ । साविकको माझठाना र कालीकालाई समेटेर बनेको पोखरा २८ मा पार्टीले घरदैलोसंगै मतदाता शिक्षालाई तिब्रता दिएको अम्बिका बुढाथोकिने जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित