पोखरा २७ तालचोकमा कांग्रेसको घरदैलो अभियान जारी

पोखरा २७ तालचोकमा कांग्रेसको घरदैलो अभियान जारी

नेपाली कांग्रेस कास्कीको चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रम जारी छ । यस अभियान अन्तर्गत चुनावी सभा र मतदातालाई पार्टीको प्रतिवद्धता जनाउने कार्यक्रम हो । योसंगै पोखरा–२७ तालचोक , डाडाँनाकमाघरदैलो अभियान पनि जारी छ ।

केही वडामा उम्मेदवारसहितको र केही वडामा नेता कार्यकर्ता सहितको घरदैलो जारी छ । कांग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई ३ चरणमा विभाजन गरी चुनावी प्रचार गरेको थियो ।

जसमा पहिलो चरण ५ दिन, दोस्रो र तेस्रो चरण ७/७ दिनको छ । पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको कांग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाटमै केन्द्रित गर्यो ।

उनले यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिवद्धता जनतासामू लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्नेहरू गोप्य रुपमा अनुगमन र खबरदारी गर्ने बताए । ‘पूरै पार्टी पंक्ति यो चुनावमा परिचालन भएको छ ।

बिहिबार पोखरा–२७ तालचोक , डाडाँनाकमा उम्मेदवारसहितको घरदैलो अभियान भएको छ । पोखरा–२७ मा घरदैलो अभियान जारी रहेको र मतदाता भेटघाट अन्तिम चरणमा पुगेको कांग्रेस नेता विश्वराज पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित