सरकारी चिकित्सकहरुले भने :’सातामा दुई दिन विदा पाउनुपर्छ’

सरकारी चिकित्सकहरुले भने :’सातामा दुई दिन विदा पाउनुपर्छ’

सरकारी चिकित्सक संघ (गोदान)ले आईतबार ओपिडी सञ्चालन नगर्ने भएका छन् ।  सरकारले आगामी १ जेठ देखि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपछि सरकारी अस्पताल आइतबार बन्द नहुने स्वास्थ्य मन्त्रीले बताउँदै आएका छन् ।
स्वास्थ्य मन्त्रालय आइतबार पनि अस्पतालहरुमा ओपिडी सञ्चालन गर्ने तयारीमा लागेको छ । चिकित्सकहरुलाई आलोपालो परिचालन गरी ओपिडी सेवा निरन्तरता दिने योजनामा मन्त्रालय जुटेको छ ।कुनै विशेष थप सुविधा र न्यायोचित प्रोत्साहन विना काम गर्न नसक्ने सरकारी चिकित्सकले बताएका छन् ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले  शनिबार विज्ञप्ती जारी गर्दै स्वास्थ्यमा आइतबार विदा नपाउने हो भने अन्य कर्मचारीको तुलनामा ५२ दिन अधिक थप कार्यभार हुन आउने भन्दै यसको व्यवस्थापन अपरिहार्य रहेको जनाएको छ ।त्यसैमा उसले विशेष सुविधा र न्यायोचित प्रोत्साहनको माग गरेको हो ।godan-768x1008.png.pagespeed.ce.dq5U2-HVXa.png

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित