कालीकोटका सबै सरकारी कार्यालय बन्द

कालीकोटका सबै सरकारी कार्यालय बन्द

प्रेमराज सिम्खडा
कालीकोट भदौ २४ गते
जेनजीको आन्दोलनको असर कालीकोटमा पनि परेको छ । बिहानै देखि युवाहरु सडकमा भेला भएर आन्दोलन गर्न थालेका छन । जेनजी सम्वद्ध युवाहरुले कालीकोट सदरमुकाम मान्मका सबै सरकारी कार्यालय बन्द गराएका छन भने होटल पसल तथा तालिम गोस्टी पनि चल्न दएिका छैनन ।
आन्दोलनका कारणले बैक तथा बित्तिय सँस्था पनि पुर्णरुपमा बन्द भएका छन । जेनजीको आन्दोलनले यातायात सेवा पनि बन्द भएका छन । बिहानै देखि कर्णाली राजमार्गको कालीकोट खण्ड पुर्ण रुपमा बन्द भएको छ । आन्दोलनका कारणले शैक्षिक सँस्थाहरु बन्द भएका छन । मध्यपश्चिम बिद्यालय बिद्यालय अन्तरगर्तक क्याम्पसको पहिलो र तेस्रो सेमेस्टारको परिक्षा पनि अनिश्चित कालका लागि स्थगन भएका छन ।
जिल्लाका सरकार कार्यालयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाका ब्यारेक मात्र खुला छन । अरु सबै पुर्णरुपमा बन्द भएका छन । जिल्लामा रहेको खाँडाचक्र नगरपालिकामा आन्दोलनकारीले आएर बन्द गर्न नत्र जे सुकै हुने भनेपछि संरचना जोगाउन पनि बन्द गरिएको कर्मचारीले बताएका छन ।
बन्द नगरौ आगजनी र तोडफोडको डर नगरौ प्रशासनले किन गरेको भन्ने, दोहोरै त्रासका बिचमा काम गर्नु परेको कर्मचारीको भनाई छ । बन्दको प्रभाव ब्यापक भएकाले सेवाग्राही त कोही छैनन यदी सेवाग्राही आएका भए अर्को समस्या हुने रहेछ नगरपालिकाका निमित्त प्रमुख प्रशाकिय अधिकृत जसिप्रसाद चौलागाईले भन्नुभयो ।
अव संरचना जोगाउनका लागि पनि बन्द गर्नु पर्ने भयो । अबस्था सहज नहुदा सम्म काम गर्न कठिन भएकाले सबै तिर सुचना पुगाउन चौलागाईको भनाई छ । सोमवारबाट नेपाल प्रहरी र शशस्त्र प्रहरीले सरकारी कार्यालयको सुरक्षा दिईरहेका छन । गृहको निर्देशन अनुसार सरकारी कार्यालयमा खटिएको सुरक्षाक्रर्मिको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित