कालीकोट साउन २८ गते बिहिवार बाट सुरु हुने एस ई.ई को मौका परिक्षा सञ्चालनका लागि छनोट भएका केन्द्राध्यक्षमा राजनिति शक्ती देखिएको छ । परिक्षा सञ्चालनका लागि परिक्षा केन्द्रमा छनोट हुने केन्द्राध्यक्षमा राजनिति हस्तक्षेप भएको पाईएको हो । परिक्षा सञ्चालन निर्देशिका बिपरित शिक्षा बिकास तथा समन्वय इकाई कालीकोटले राजनिति दवाफमा परिक्षा केन्द्रका केन्द्राध्यक्ष छनोट गरेको हो ।
नेकपा माओवादी नेता तथा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीको एक फोनमा परिक्षा निर्देशिका बिपरित बिधादेवि माबि महेका शिक्षक शंकरप्रसाद संज्याललाई सरस्वती माबि भिटा परिक्षा केन्द्रको केन्द्राध्यक्षको जिम्मा दिईएको छ । सरस्वती माबि भिटाका प्रअ महेन्द प्रसाद न्यौपाने हुदा हुदै शंकरप्रसाद सज्याललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइपछि शिक्षा बिकास तथा समन्वय इकाई राजनिति दबाफमा परेको खुलेको हो ।
परिक्षा निर्देशिकाले कुनै स्वार्थ बाँझिने भएमा केन्द्राध्यक्षको जिम्मेवारी नदिनु भन्ने छ । तर बिधादेवी माबिका बिद्याथी शिक्षक संज्याल केन्द्राध्यक्ष भएको सरस्वती माबि केन्द्रवाट मौका परिक्षा दिदैछन । पचालझरना गाउँपालिकाले सुरु गरेको शैक्षिक अभियानलाई टेवा पुगाउन परिक्षा फल राम्रो निकाल्नका लागि कम उर्तिण भएका बिद्यालयका बिद्यार्थी परिक्षा दिने केन्द्रमा सोही बिद्यालयका शिक्षकलाई जिम्मा दिएर नतिजा सुधार गर्ने योजनामा शिक्षा बिकास तथा समन्वय इकाई लागेको स्थानीयको आरोप छ ।
स्थानीय कटक बमले पहिलो कुरा बिद्यार्थी पास गराउने स्वार्थ रहेको र दोस्रो भनेको राजनिति रुपमा सरस्वती माबि माथि फेरी माओवादी केन्द्रबाट हमला भएको आरोप लगाउनुभयो । यस अघि बिद्यादेवी माबि र सरस्वती माबि माओवादी र एमाले बिचको प्रतिस्ठाको बिषय बन्दै आएको थियो । बिद्यावेदीलाई माओवादीको समर्थन र सरस्वती माबिलाई एमालेको समर्थन भएकाले बिद्यालय बिभाजन हुदा दोहोरो झडप भयो । घाईतेहरुको उद्धारमा हेलिकोप्टर चार्टड गर्नु परेको थियो ।
केन्द्राध्यक्ष छनोटमा शिक्षा बिकास तथा समन्वय इकाई कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईले आर्थिक चलखेल गरेको समेत आरोप छ । तर प्रमुख चौलागाईले आफुलाई प्राबिधिक कुरा थाह नभएकाले शंकरप्रसाद सज्यालको पालिका शिक्षा शाखावाट नाम आएकाले केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको र यसमा अरु कुनै पनि कारण नभएको बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्राईको सल्लाहमा सरस्वती माबि भिटाको केन्द्राध्यक्ष शंकरप्रसाद सज्याललाई दिएको दावी गर्नुभयो ।
तर पचाझरना गाउँपालिका शिक्षा शाखाले भने आफुलाई केन्द्राध्यक्ष छनोटका लागि शिक्षा बिकास तथा समन्वय इकाई कालीकोटले कुनैपनि समन्वय नगरेको र आफुले नाम पनि नपठाएको बताएको छ । एस. ई.ई परिक्षा निर्देशीकामा स्वार्थ बाँझिने गरि केन्द्राध्यक्ष र अन्य कर्मचारी नियुक्त नगर्ने उल्लेख छ । तर कालीकोटमा मोतीराम मावि सिप्खानाका प्रअ अमरराज नाथ योगीलाई बडिमालीका परिक्षा केन्द्र क को केन्द्राध्यक्ष बनाईएको छ । जहाँ योगी प्रअ भएको बिद्यालयका बिद्यार्थी सोही केन्द्रबाट परिक्षा दिदैछन । क र ख नामकरण गरेपनि आपसी मिलेमतो हुनेमा स्थानीयको संका छ । उसो त बडिमालिका माबिका प्रअ पुष्पराज वराल पनि सोही बिद्यालयको केन्द्राध्यक्ष रहनु भएको छ । उहाँको बिद्यार्थी पनि सोही बिद्यालयमा परिक्षा दिदैछन ।
कालीकोटमा छ वटा परिक्षा केन्द्र निधारण गरिएको छ । जसमा वडिमालिका माबिमा दुई केन्द्र छन भने पञ्चलेव माबि मान्ममा दुई केन्द्र रहेका छन । चुलिमालिका मावि घोडेना, र सरस्वती माबि भिटा रहेका छन । अन्य केन्द्रमा सम्वन्धीत बिद्यालयका प्रअलाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएपनि सरस्वती माबि भिटामा भने अन्तको शिक्षक लिएर केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ । परिक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्राईले आफुले कसैलाई केन्द्राअध्यक्ष तोक भनेर नभनेको बताउनुभयो । उहाँले परिक्षा केन्द्र र केन्द्राध्यक्ष फेरवदल नहुने बरु प्राबिधिक कुरा के हो त्यो छलफल हुने बताउनुभयो । कालीकोटका एक हजार ३७७ जनाले मौका परिक्षा दिदैछन ।





