बर्खा लाग्यो, चिन्ता बढ्यो

बर्खा लाग्यो, चिन्ता बढ्यो

कालीकोट जेठ २७ गते ।
कालीकोटको तिलागुफा नगरपालिकाका नागरिकलाई बर्षात लाग्ने बितिकै चिन्ता पनि बढ्ने गरेको छ । नगरको वडा नं ९, १० र ११ साथै महावै गाउँपालिकाका नागरिकलाई बर्षात सुरु हुने बितिकै चिन्ता बढ्ने गरेको छ । हिउदको समयमा सडकको यात्रा गदै गाउँमा पुग्नका लागि सहज भएपनि बर्खा लाग्ने बितिकै तिला नदीमा पानीको बहाफ वढ्ने भएकाले सडक यात्रा पुर्णरुपमा बन्द हुन्छ ।
तिला नदीमा बनेको पक्की पुल बगाएको तिन बर्ष पुग्दैछ । लामो प्रतिक्षा पछि यहाँका नागरिकले सधै गाडी चढ्ने सपना पुरा हुन्छ भन्ने आस गरेका थिए । तर २०७९ असोज २० देखि २४ गते सम्म आयको हिउदे बर्षाले सञ्चालनमा आएको पुल बगाएर लिएपछि फेरी पुल निमार्णका लागि कुनै पहल भएन । हिउँदको समयमा पानीको मात्र कम हुने भएकाले काठेपुल मार्फत गाडी मोटरसाईकल चलाउने गरिएको भएपनि बर्षात सुरु भएसंगै यि सबै बन्द भएका छन ।
सामान्य पानी प्रयो, नदीमा बाढि आयो काठको पुल समेत बगाएर लिएपछि अहिले पारी रहेका गाडी मोटर साईकल ट्यांक्टर सबै उतै छन । यताका यतै छन तिलागुफा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नरेन्द्रवहादुर रोकायाले भन्नुभयो । हाम्रा चिन्ता लिने दिन आईसकेका छन । अब मंसिर पुस सम्म गाडीको यात्रा गरेर शहर जाने बाटो बन्द भयो । पुल बगाएको तीन बर्ष पुग्दा पनि यहाँ कसैको आँखा जादैन । तिलागुफा नगरपालिकाको तीन वटा वडाका साथै सिङगो महाँवै गाउँपालिकाका नागरिक यातायातबाट छ महिना सम्म बञ्चीत हुने गरेका छन ।
तिलागुफाको भैँसीगौडामा निमार्ण भएको पक्की पुल बाढिले बगाएयता पुन पुल बनाउने बिषयमा कतै पनि छलफल भएको छैन । स्थानीय बिर्ख सुनारले न नगरपालिकाले चासो लिएको छ न त प्रदेश, संघ सरकार कतैबाट पनि यहाँका नागरिकको समस्यामा चिन्ता छ । सबै भन्दा नजिकको सरकार नगरपालिकाले चासो लिनु पर्ने हो, उसैले नलिएपछि अरुले कसरी थाह पाउने सुनारले गुनासो गर्नुभयो ।
उहाँले पत्रकारले लेखेको पनि नगरपालिका र कुनै पनि तहका सरकारले नदेखेको सुनाउनुभयो । अलि बिरोध गरेपछि त सबैँ भन्दा पहिला हेर्ने चलन हुन्छ, नागरिकका समस्याका बारेमा कुरा गरेमा न सुन्छन न देख्छन सुनारले निकै दुखित हुदै भन्नुभयो । वडा नं १० का वडा अध्यक्ष मुनवहादुर थापाले नगरपालिकामा पटक पटक कुरा गर्दा पनि सुनुवाई नभएकाले पछिल्लो समयमा भन्न पनि छोडिसकेको बताउनुभयो । भनेर सुन्दैनन, झगडा गरौँ सकिदैन, बरु चुप लागेपछि ठिक भनेर आफु चुपचाप लागेको र २०८४ मा आफ्नो बहुमत आएमा केही गरौला भनेर आसैआसमा बसेको थापाको भनाई छ । तिलागुफा नगरपालिकामा नेपाली काग्रेसका प्रमुख र एमालेका उपप्रमुखमा निर्वाचित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित