कालीकोट जेठ २५ गते । मोहन्याल गाउँपालिकामा बिजुली पुगेको छ । मोहन्याल गाउँपालिका तराई क्षेत्रमा पर्र्ने भएपनि यहाँ बिजुली थिएनन । कैलाली जिल्लाको उत्तर तिर पर्ने मोहन्याल गाउँपालिकामा बिजुली बक्ति पुगेपछि यहाँका नागरिक निकै उत्साहति भएका छन । चुरे पहाड र भित्री मधेसले समेटिएको मोहन्याल गाउँपालिकामा भरखर बिजुली पुगेको हो । त्यसैले यहाँका नागरिक उज्यालो पाउदा उत्साहित भएका हुन । सधै सल्लाको झरु (दियालो) बालेर गुजारा चलाईरहेका मोहन्याल गाउँपालिकाका नागरिक बिजुली पाउदा निकै उत्साहीत भएका गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र खिमडीमा औपचारिक रुपमा बिजुलीको शुभसाईत गरिएको छ भने गाउँबस्तीमा पनि यसलाई बिस्तार गरिदैछ । गाउँपालिका अध्यक्ष देबिदत्त उपाध्यायले निकै रस्साकस्सी पछि गाउँमा बिजुली पुगाउन सफल भएको बताउनुभयो । सबै प्रक्रिया पुगेको १३ महिना पछि सम्म पनि बिद्युत प्राधिकरणसंग निरन्तर छलफल गर्नु प्रयो । केही कानुनी जटिल्ता थिए भने केही काममा ढिलासुस्ती जनशक्ती हरेक कारणले ढिला भएको र अब भने यस क्षेत्रका नागरिकले उज्यालो पाएको सुनाउनुभयो । चुरे क्षेत्रको बस्ती तितबितर छ । सबै वडामा बिजुली पुगेपनि तितरबितर भएको बस्ती घर सम्म बत्ती पुगाउन अझै केही समय लाग्ने छ । गाउँपालिका अध्यक्ष उपाध्यायले यहाँका ७ वडा सम्म बिजुली एकैसाथ पुगेको र अब प्रत्येक घरमा पुगाउनका लागि अझै १३ करोड बजेटको खाँचो रहेको बताउनुभयो । हामीले सबै लागत प्रतिवेदन तयार गरेर संघ सरकारलाई पठाएका छौ । संघ सरकारले वजेटको ब्यवस्थापन गरेको छैन, त्यसैले यहाँ कुनाकाप्चाका नागरिकले बक्ती पाउन अझै केही समय लाग्ने छ अध्यक्ष उपाध्यायले सुनाउनुभयो ।
कुनै बेला नेकपा माओवादी युद्धमा हुदा निकै सुरक्षीत क्षेत्रका रुपमा रहेको मोहन्याल गाउँपालिका भित्रका बस्ती घना जङगल, खोल्सा परेका गाउँ, अक्ला डाँडा समेत छन । सबै क्षेत्रमा बक्ती पुगाउनका लागि गाउँपालिकालाई पनि समस्या छ । बर्षातको समयमा एक रुख ढलेमा बिजुलीको पोल, तारमा समेत असर पर्ने भएकाले तार तान्ने सुरक्षित ठाउँ हेरिरहेका छौ । अब सबै बस्ती घरमा बिजुली पुगाउछौ, अध्यक्ष उपाध्यायले भन्नुभयो ।
प्रेमराज सिम्खडा