कालीकोटका जन्मदाता उपाध्यायको नाममा बिद्यालय

कालीकोटका जन्मदाता उपाध्यायको नाममा बिद्यालय

कालीकोट जेठ २१ गते । कालीकोट जिल्लाका जन्म दाता अर्थात जिल्ला स्थापना गर्ने धर्मदत्त उपाध्यायको नाममा रास्कोटमा सामुदायिक बिद्यालय स्थापना हुने भएको छ । वडा पालिकाको निर्णयलाई नगरपालिकाले स्वीकृत गरेर संघिय सरकारलाई नामकरण गरिदिन सिफारिस गरेपछि कालीकोट जिल्लाका जन्मदाता धर्मदत्त उपाध्यायको नाममा बिद्यालय नामकरण गरिएको र भवन निमार्णका लागि तीन करोड ५० लाख बजेट समेत समपुरक कोष मार्फत रास्कोट नगरपालिकामा आएको छ ।
तत्कालीन जुम्ला जिल्लाकै अर्को क्षेत्र तिब्रीकोटका नाममा रहेको हालको कालीकोट जिल्ला नेता उपाध्यायको ठुलो मिहिनेतले २०३२ साल मंसिर २६ गते औपचारिक रुपमा बिभाजन भएको तथ्य प्रमाणले देखाउछ । तर जिल्लामा कामकाज भने २०३३ सालबाट भएको पाईन्छ । तत्कालीन त्रिब्रिकोटका नामले परिचित जिल्लालाई रास्कोटका पञ्चायती नेता धर्मदत्त उपाध्यायले जुम्लाबाट बिभाजन गरेर ल्याउनु भएको थियो ।
तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातान्त्रीक ब्यवस्था हटाएर पञ्चायती शासन सुरु गरेपछि राज परिवार संग राम्रो सम्वन्ध भएकै कारणले नेता धर्मदत्त उपाध्यायले ७४ जिल्लाबाट एक जिल्ला थपाएर कालीकोट जिल्लाको नामकरण गरेको इतिहास छ । तत्कालीन सरकारको राजपत्रमा २०३३ सालमा कालीकोट जिल्ला बनेको उल्लेख छ भने नेपालको राज्य पुर्नरसंरचना अगाडी कान्छो जिल्लाका रुपमा परिचित थियो । जुम्लाबाट जिल्ला बिभाजन गर्न सफल भएकाले उपाध्यायलाई कालीकोट जिल्लाको जन्मदाता भन्ने गरिएको छ । तर केही पञ्चायती नेताले भने यो कुरा स्वीकार गर्न अझै पनि आनाकानी गरिरहेका छन ।
उहाँले नभएर सबैले भनेर राजाले स्थापना गरिदिएको भन्नेहरुको जमात पनि छ । तर संबिधान सभा सदस्य तुलाराज बिष्ट भने जिल्लाको नामकरण देखि बिभाजनमा उपाध्यायको नेतृत्व रहेको भन्नु भएको छ । उहाँको जिल्लामै सालिक देखि कुनै सरकारी संरचनाको नामकरण गरिनु पर्ने बिस्टको तर्क छ । केही योग्दान नगरेको नाममा सालिक हुन्छन, तर जसले जिल्लाको स्थापना गरेर अहिले कालीकोटका नागरिक हुन पाएका छौ उहाँलाई अपनमान गर्नु अज्ञान्ता भएको बिष्टको भनाई छ ।
भलै रास्कोट नगरपालिकामा धर्मदत्त आधारभुत बिद्यालय स्थापनाका लागि वजेट ब्यवस्थापन संघिय सरकारले गरेको सुन्न पाउदा आफुलाई निकै खुसि लागेको नेता बिष्टले सुनाउनुभयो । एमाले नेता दयाराम सिम्खाडाले आफु वडा अध्यक्ष हुदा देखिको पहल अहिले आएर सफल भएको बताउनुभयो । उहाँले वडा नं ४ का वडा अध्यक्ष दिनेश सज्याल, नगरप्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज वराल लगाएत हालको सिङगो कार्यापालिकालाई धन्यावाद दिनुभयो । हामीले हाम्रो पालामा निर्णय गराउन नसकेपनि सुरु गरिएको कामको पुर्णता दिन लागि पर्नुभएकोमा नगरसरकारलाई बधाई छ नेता सिम्खाडाले भन्नुभयो ।
पञ्चायती नेता पदमनाथ योगीले जिल्ला बिभाजन, नामकरण गर्ने ब्यक्ति हाल जिबित नभएपनि उहाँको योग्दानको सरकारले कदर गरेको प्रति धन्यावाद दिनुभयो । ९५ बर्षिय योगीले साथ सहयोग हामीहरुको भएपनि मुख्य भुमिका उहाँकै हो भनेर कसैले लुकाउन नसक्ने बताउनुभयो । स्वर्गिय उपाध्याय तत्कालीन सरकारको साहयक मन्त्री समेत हुनुभएको थियो । कालीकोटबाट २०५१ को मध्यवती निर्वाचनमा तत्कालीन प्रतिनिधि सभामा निर्वाचित हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित