कालीकोट जेठ २१ गते । कालीकोट जिल्लाका नौ स्थानीय तहका लागि अगामी आर्थिक बर्ष २०८२÷०८३ मा खर्च गर्न दुई अर्ब ९० करोड बढि बजेट प्राप्त भएको छ । कालीकोटका तीन नगरपालिका र छ वटा गाउँपालिका गरि जम्मा नौ स्थानीय तहका लागि २ अर्ब ९० करोड ५७ लाख वजेट प्राप्त भएको हो ।
संघिय सरकारवाट स्थानीय तहलाई आउने बजेमा सबै भन्दा वढि कालीकोटको खाँडाचक्र नगरपालिकालाई प्राप्त भएको छ । खाँडाचक्र नगरपालिकालाई ३८ करोड ४३ लाख प्राप्त भएको छ । दोस्रो नम्वर लिागुफा नगरपालिकालाई बजेट प्राप्त भएको छ । तिलागुफा नगरपालिकालाई ३७ करोड १५ लाख र रास्कोट नगरपालिकालाई ३३ करोड १२ लाख वजेट आएको छ ।
कालीकोटमा तीन वटा नगरपालका र छ वटा गाउँपालिका रहेका छन । छ गाउँपालिका मध्य सबै भन्दा धेरै ३६ करोड ८१ लाख नरहरीनाथ गाउँपालिकालाई आएको छ । गाउँपालिकामा दोस्रो नम्वर शुभकालिका गाउँपालिकालाई प्राप्त भएको छ । शुभकालिका गाउँपालिकालाई ३२ करोड ७८ लाख प्राप्त भएको छ ।
गाउँपालिका मध्य सबै भन्दा कम महावैगाउँपालिकालाई २१ करोड ६४ लाख मात्र प्राप्त भएको छ । गाउँपालिका मध्य तेस्रो नम्वरमा पचालझरना गाउँपालिकालाई ३१ करोड २६ लाख, पलाँता चौथो स्थानमा ३० करोड ४६ लाख पाँचौ नम्वरमा सान्नीत्रिवेणी गाउँपालिका २८ करोड ९१ लाख वजेट प्राप्त भएको छ । सबै स्थानीय तहका लागि २ अर्ब ९० करोड ५७ लाख वजेट संघिय सरकारबाट प्राप्त भएको छ ।
यो संगै प्रदेश सरकारले पनि स्थानीय तहलाई वजेट पठाउने छ । यसमा बिभिन्न गैरसरकारी सँस्थाको वजेट भने जोडिएको छैन । गैरसरकारी सँघ सँस्था र प्रदेश सरकारको वजेट जोडिएमा एक स्थानीय तहले एक आर्थिक बर्षमा न्युनतम ६० करोड देखि ८० करोड सम्म बजेट ल्याउने गर्दछन । स्थानीय तहले असार १० गते सम्म वजेट ल्याईसक्नु पर्ने कानुनी सिमा छ ।





