पर्यटक प्रर्खीरहेकाे गिडीदह , पुर्वाधार बिकासका लागि स्रोतको खोजि हुदै,

पर्यटक प्रर्खीरहेकाे गिडीदह , पुर्वाधार बिकासका लागि स्रोतको खोजि हुदै,

प्रेमराज सिम्खडा
कालीकोट साउन १ गते । पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको कर्णाली प्रदेश आर्थिक अभावका कारणले अपेक्क्षाकृत उपलब्धी हासिल गर्न सकिरहेको छैन । मुगुको राराताल, डोल्पाको से फोक्सुण्डो ताल र जुम्ला तातोपानी गाउँपालिकामा रहेको गिडिदह ताल अझै पनि ओझेलमा छन । गिडिदहले अहिले पर्यटक पर्खीरहेकाे छ । मनमाेहक लाग्ने पाटन, रारातालकाे झल्काे दिने ताल र धेरै वढी वन क्षेत्र भएकाे रसियाकाे झल्काे दिने वन क्षेत्रले हराभरा क्षेत्र गिडिदहमा जाने जाे काेहीकाे मन पनि लाेभिने गरेकाे छ ।  रारा र से फोक्सुण्डो तालमा पर्यटकहरुको आउजाउ भएपनि जुम्ला तातोपानीमा रहेको गिडिदह तालमा भने आन्तरिक बाहेक अरु पर्यटक पुग्न सकेका छैनन् ।
पर्यटन प्रवर्दनका लागि गाउँपालिकाले गरेको प्रयासले सार्थक्ता पाउन नसक्दा गिडिदह ताल अझै पनि गुम्नाहमा रहेको सरकारकै भनाई छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले पालिकाले गरेका प्रयासले गिडिदह ताल पर्यटकिय बिकासका लागि अपेक्क्षाकृत काम हुन नसकेकाले स्रोतको खोजिमा रहेको बताउनुभयो । उहाँले पालिकाले गरेका प्रयासले त्यसको लम्वाई, चौडाई र गहिराई एकिन भएपनि त्यहाँ पुग्ने सडक मार्ग तिलानदी लगाएतका दुई ठाउँमा पक्की पुल र पदमार्गको निमार्ण गर्न कठिन भएकाले स्रोतको खोजिमा रहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष रेवती रावलले गाउँपालिकाकाे बिकास स‌गै अायश्राेतकाे बृद्धीका लागि पर्यटकिय क्षेत्रकाे बिकासमा ध्यान दिनु सरकारकाे कर्तब्य भएकाे बताउनुभयाे । त्यही कर्तब्य र जिम्मेवारी बाेद्धका साथ जुम्लाकाे पर्यटन बिकासमा जाेड दिएकाे बताउनुभयाे । गिडिदह समुन्द्री सतह देखि तीन हजार ४८५ मिटर अग्लो ठाउँमा रहेको छ । यसको लम्वाई एक हजार ५१० मिटर, चौडाई ३९० र गहिराई ४२.८ मिटर रहेको हालै सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ । गिडिदहको नाप जाँचका लागि राष्ट्यि ताल संरक्षण बिकास समिति काठमाण्डौको पाँच लाख र तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷२०८० मा रु नौ लाख गरि जम्मा १४ लाख खर्च गरेको थियो ।
पाटन क्षेत्र देखि गिडिदह ताल सम्म पुग्ने पाँच हजार तीन सय मिटर अर्थात ५ दशमलब.तीन किलोमिटर पदमार्ग निर्माण गरिएको छ । पदमार्गका लागि सात लाख ६० हजार खर्च गरेको छ । गिडिदह पर्यटन बिकासका लागि कर्णाली प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०८०÷२०८१ मा १५ लाख वजेट बिनियोजन गरेको थियो । उपभोक्ता समिति मार्फत काम गर्दा धर्मशाला र खाने निमार्णका लागि नौ लाख ५० हजार खर्च भएको वडाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
तातोपानी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष तथा गिडिदह ताल पर्यटन बिकासका अभियान्ता अमर वहादुर रोकायाले कर्णाली राजमार्गको एैरेनी देखि ताल सम्म पुग्न २९ किलोमिटर सडक बिस्तार तत्काल गर्नु पर्ने बताउनुभयो । उहाँले प्रचार प्रशारका लागि गिडीदह सम्मेलको आयोजना गरिएको र त्यस यता पर्यटन बिकासका लागि धेरै प्रयास हुन नसकेकाले ओझेलमा पर्ने चिन्ता हुन थालेको बताउनुभयो । आसा अनुसारको वजेट र काम नहुदा चिन्ता लागेको छ । काम भने नरोकिएको अध्यक्ष रोकायाको भनाई छ ।
गिडिदहका ताल पर्यटन बिकासका लागि आर्थिक वर्ष २०८१÷०८२ मा संघ, प्रदेश र वडा सरकारको गरि एक करोड २४ लाख वजेट बिनियोजन गरिएको छ । संघ सरकारले ९० लाख, प्रदेश सरकारले ३० लाख । तातोपानी वडा नं ४ को चार गरि एक करोड २४ लाख वजेटको जोहो भएको छ । गिडिदह ताल संगै सुन्दर पर्यटकिय क्षेत्रको मनमोहक लाग्ने दृश्यको अबलोकनका लागि लोभ लाग्दा पाटन संगै लोभ उन्मुख रेडपाण्डा, लगाएतका वन्यजन्तु समेत पाईने गरेको छ ।
त्यहाँ पुग्न सहज वनाउन हाकुमा पक्की पुल, पाण्डवाडा गिडिखोला नदीमा बेलीबृज पुल, एैरेनी देखि भलखोला, फुलचाउले लामाचौर सम्म २० किलोमिटर सडक बिस्तार, फुलचाउल्या, लामाचौर पाटन क्षेत्रमा स्वच्छ पिउने पानीको ब्यवस्था, सुबिधायुक्त धर्मशाला निमार्ण, सञ्चार सुबिधाका लागि टेलिफोनको टावर इन्टरको सुबिधान दिन गाउँपालिकाले प्रयास जारी राखेको छ । गिडिदहको जो कोहीले अवलोकन गर्नका लागि भ्युटावर र र्याप्टीङका लागि ढुङगा समेत ब्यवस्थापन गर्ने गाउँपालिकाले योजना बनाएको छ । त्यसका लागि केही युवालाई तालिम दिने समेत बताईएको छ ।
तस्वीर ः मानवहादुर कुवरवाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित