बालअधिकारको पैरवी गर्न नागरिक समाज

बालअधिकारको पैरवी गर्न नागरिक समाज

जुम्ला असार २६ गते । जिल्लाको हरेक सवालको पहिचान गदै बालअधिकारका लागि पैरवी गर्न तातोपानी गाउँपालिकामा नागरिक समाजको गठन भएको छ ।

समाजमा वढिरहेको बालबिवाह न्युनिकरण गर्न, शैक्षिक गुणस्तर सुधारका सवाल पहिचान गर्न, दुर्वेशनीमा परेका र पर्न सक्ने बालबालिकाको पहिचान गर्न र मानसिक समस्यामा रहेका बालवालिकाको अबस्था सुधारका लागि साझेदार सँस्थालाई सिफारिस गर्नका लागि नागरिक समाजको गठन गरिएको हो ।
सेभः द चिल्ड्ेनको सहयोगमा सञ्चालीत सहयात्रा तेस्रो परियोजनाको साझेदार सँस्था कर्णाली एकिकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले तातोपानीका हरेक सवाललाई सरकार समक्ष पुगाउन र सुधारका लागि पहल गर्न नागरिक समाजको गठन गरिएको ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले तातोपानी गाँउपालिकामा बालबालिकाहरुका मुख्य सवालहरु पहिचान गरि प्राथमिकरण गर्ने र पैरविका लागि योजना बनाउने र कार्यन्वयनका लागि नागरिक समाज असल फोरम बन्ने आसा गरेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष रेवती रावलले नागरिक समाजमा पत्रकारहरुको सहभागीता हुने भएकाले खास बिषयको छनोट गर्न आग्रह गर्नुभयो । उहाँले कतिपय कुरा अनुमानको भरमा आउने भएकाले त्यस्ता घटनामा नागरिक समाज फस्ने छैन भन्ने कुरामा गाउँपालिकाले बिश्वास गरेको बताउनुभयो ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थवहादुर कठायतले लुकेका दबेका र समाजमा नागरिकका हरेक कुराको प्रतिनिधित्व नागरिक समाजले गर्ने बताउनुभयो ।
प्रेमवहादुर अधिकारीको संयोजकत्वमा गठित नागरिक समाजको सदस्य सचिवमा किर्डाक नेपाल तातोपानी रहेको छ । सहयात्रा तेस्रो परियोजनाका ब्यबस्थापक कृष्णवहादुर शाहीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रम गठन गरिएको नागरिक समाजको भुमिका, अधिकार, काम कर्तब्यका बिषयमा सेभःद चिल्ड्ेनका परियोजना संयोजक जगदिश वहादुर सिहंले सहजिकरण गर्नु भएको थियो ।
सहयात्रा तेस्रो परियोजनाका बालअधिकार तथा बालसंरक्षण सयोजक प्रकाश वहादुर शाहीले नागरिक समाजको भुमिका धेरै फराकिलो भएकाले तातोपानी गाउँपालिका भित्रका सबै सवालको पहिचान गर्न समक्ष नागरिक समाज बन्ने आफुहरुले आसा गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित