महावैका ६० घरमा सुधारिएको चुलो

महावैका ६० घरमा सुधारिएको चुलो

प्रेमराज सिम्खडा 
कालीकोट जेठ ३१ गते । कालीकोट जिल्लाको महावै गाउँपालिकाका ६० घरधुरीले अब देखि सुधारिएको चुलो प्रयोग गर्न पाउने भएका छन । गाउँपालिका र इकोहिमाल द्धारा सञ्चालीत एक सहकारीको साझेदारीमा वडा नं ३ र ५ का ६० घर धुरीका दुई ४० जना परिवारका सदस्यले सुधारिएको चुलोको उपभोग गर्ने भएका हुन । उनिहरुका लागि सुधारिएको चुलो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।
महावै गाउँपालिका अध्यक्ष खेमवहादु सिहंले बलिदान बहुउद्देश्यि कृषि सहकारी सँस्था मार्फत गाउँपालिकाको दश लाख, इकोहिमालको दश लाखका साथै ६० घर परिवारबाट प्रति घर परिवार पाँच हजारको लगानी गरेर जम्मा २३ लाख लगानीमा सुधारिएको चुलो घरमै पुगेको बताउनुभयो । नागरिकको लगानी नहुदा खासै अपनत्व नहुने भएकाले सबैको साझेदारी गरिएको अध्यक्ष सिहंको भनाई छ ।
अध्यक्ष सिहंले सरकारी रुपियाँ भुक्तानी प्रक्रियामा केही समस्या हुने भएकाले गाउँको बैधानिक अर्थात नेपाल सरकारको सहकारी ऐन अन्तरगर्त दर्ता गरिएको सहकारी मार्फत काम गरिएको सुनाउनुभयो । वनजङगलको बिनास रोक्न, नागरिकको स्वास्थ्यमा सुधार ल्याउनका लागि सुधारिएको चुलो अनिवार्य भएकाले सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।
पहिलो चरणमा ६० घरमा परिक्षण गरेपछि अन्य नागरिकले पनि यसको उपयोगीताका वारेमा जानकारी लिएपछि थप घर परिवारलाई पनि यो सेवा लिन अभिप्रेरित गर्ने गाउँपालिकाले योजना बनाएको छ । सुधारिएको चुलोको प्रयोगले वन जोगिने छ भने महिलाको बोझ खट्ने र स्वास्थ्यमा पनि सुधार आउने स्वास्थ्यक्रर्मीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित