योजना माग्न तातोपानीमा बाल भेला

योजना माग्न तातोपानीमा बाल भेला

कर्णाली समाचारदाता
जुम्ला जेठ ५ गते । आगामी योजनामा आफ्ना सवाल समेट्न दवाफ दिन जुम्ला जिल्लाको तातोपानीका बालवालिका भेला भएका छन । आर्थिक वर्ष २०८१÷०८२ का लागि योजना छनोट गरी र गाउँपालिका सरकारलाई दिनका लागि तातोपानीमा बालवालिका भेला भएका हुन ।
तातोपानी गाउँपालिकाले पनि सबैको सहभागीतावाट योजनाको माग हुदा त्यसको प्रभाकारीता राम्रो हुनेभन्दै बालभेलाको आयोजना गरेर सबैको बिचारबाट आएका योजनालाई प्राथमिकरण गर्ने भएको हो । तातोपानी गाउँपालिका योजना शाखा प्रमुख ओमवहादुर चन्दले बस्ती स्तरको योजना छनोट प्रक्रिया सकिएको र बालवालिका केन्द्रीत सवाल छुटेको हुन सक्ने भन्दै साझेदारहरुको सहयोगमा भेलाको आयोजना गरेको बताउनुभयो ।
उहाँले छुट्टाछुट्टै योजना हाम्रो थियो भनेर गाउँपालिका पुग्नु पर्ने बाध्यताको अन्तेका लागि यसै भेलाबाट बालवालिका केन्द्रीत योजना छनोट होस भनेर भेला राखिएकाले योजनाको प्राथमिकरण गर्न सुझाव दिनुभयो । पालिका स्तरको योजना तर्जुमा तगा समग्र बालवालिका केन्द्रीत बिषयका बारेमा छलफल गर्न आयोजना गरिएको बालभेलाका लागि सेभ द चिल्ड्ेन, वल्डभिजन, किर्डाक नेपालको सहयात्रा परियोजना र गाउँपालिकाको महिला तथा बालवालिका शाखाले सहयोग गरेका छन ।
तातोपानी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष चन्दमान वुढाले मुलक सञ्चालनका उतराधिकारी सक्षम नागरिक उत्पादनको सुरुवात बालवालिकाबाट हुने भन्दै आफ्ना बिषयलाई सरकार समक्ष राम्रोसंग राखन अपिल गर्नुभयो । उहाँले बालवालिका केन्द्रीत वजेट बिनियोजन गर्नका लागि पनि यो भेलाले सहयोग गर्ने भन्दै जिल्लाको मात्र नभएर मुलुकै सक्षम बालवालिकाको सन्देश दिन तातोपानीका बालवालिका जागरुक हुनु पर्ने धारणा राख्नुभयो ।
महिला तथा वालवालिका शाखा प्रमुख शान्ती भग्रीले बालअधिकार महांसन्धी १९८९ देखि नेपालको सबिधानले दिएका अधिकारका वारेमा जानकार भएर आफ्नो अधिकारका लागि बोल्ने क्षमताको बिकास गराउन महिला तथा वालवालिका शाखा तयार रहेको बताउनुभयो । उहाँले बालवालिकालाई आफ्ना कुरा राख्ने अधिकार भएकाले यो भेलामा सबैको सहयोग रहेको सुनाउनुभयो ।
बालवालिकाको क्षेत्रमा काम गदै आएको किर्डाक नेपालको सहयात्रा परियोजनाका वालअधिकार वालसंरक्षण सहयोजक प्रकाश शाहीले जोखिम बालवालिका केन्द्रीत कार्यक्रमका लागि आफुहरु साथमा रहेको जानकारी दिनुभयो । भेलामा पत्रकार तथा मनोसमाजिक परामर्शदाता प्रेमराज सिम्खडाले अप्रिय घटनाले मानिसको मनमा पारेको असरलाई ब्यापक हुन नदिन स्वयम ब्यक्ती आफैले ब्यवस्थापन गर्नु पर्ने बताउनुभयो ।

उहाँले त्यसका केही बिधि भएको भन्दै आगामी दिनमा बालवालिका केन्द्रीत परामर्शलाई केन्द्रीत गरिने हुदा कुनै चिन्तीत हुन पर्ने अवस्था नरहेको सुनाउनुभयो ।भेलामा बालअधिकारक्रर्मी प्रमिला वुढा, जानकी सिहं लगाएतको सहभागीता रहेको थियो । बाल अभियान्ता राजु नेपालीको अध्यक्षतामा सम्पन्न भएको बालभेला होटल रिभर साईटमा सञ्चालन भएको आयोजना तातोपानी गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित