किर्डाक संग रगतको नाता छः अध्यक्ष रोकाया

किर्डाक संग रगतको नाता छः अध्यक्ष रोकाया

कालीकोट समाचारदाता
जुम्ला जेठ १ गते ।
जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष अमर वहादुर रोकायाले कर्णाली एकिकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल संग आफ्नो रगतको नाता जोडिएको बताउनुभयो । अध्यक्ष रोकायाले जुम्ला र कालीकोटका नागरिक अगुवाहरुले राज्यलाई कर्णाली चिनाउन सँस्था दर्ता गरेर नागरिक सचेतीकरणका काम गरिरहेको र त्यो अभियानमा आफ्नो समेत सहभागीता रहदै आएको सुनाउनुभयो । उहाँले आफु पनि संँस्थासंग धेरै नजिक भएको र सधै साथ रहने बताउनुभयो ।
गैरसरकारी सँस्था महासंघ जुम्लाका अध्यक्ष समेत भईसक्नु भएका वडा अध्यक्ष रोकायाले नागरिक सचेतीकरणका लागि नमुना योग्य, सबैले आहा गर्ने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । सेभ द चिल्ड्ेनको सहयोगमा तातोपानी गाउँपालिकामा सञ्चालित सहयात्रा तेस्रो परियोजनाका बारे वडालाई जानकारी दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले उक्त कुरा बताउनुभएको हो ।
कुनै सङका, त्रास छैन, समुदायको हितका लागि काम गर्न वडा सरकार साथमै रहेको भन्दै अध्यक्ष रोकायाले बाहिरको हल्लामा कोही कसैले पनि लाग्न नहुने बताउनुभयो । परियोजनाका वारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा किर्डाक नेपाल सहयात्रा शिक्षा परियोजना संयोजक खेमराज लामिछाने, मनोसामाजिक परामर्श दाता प्रेमराज सिम्खडाले सयुक्त रुपमा सँस्थाको परिचय, आगामी दिनमा गरिने कार्यक्रमका बारे जानकारी गराउनु भएको थियो । सहयात्रा परियोजनाले शिक्षा, बालअधिकार तथा वालसंरक्षण, जलवायु परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा काम गर्ने भएको छ ।
वडा अध्यक्ष रोकायाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन निवर्तमान वडा सचिव टिकाराज न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य शोभा चौलागाई आजै वडामा हाजिर हुनु भएका वडा सचिव केशवराज पाण्डे किर्डाक सहयात्रा परियोजनाका शिक्षा संयोजक, मनोसामाजिक परामर्शदाता, फिल्ड अधिकृतहरुलाई स्वागत समेत गरिएको थियो ।
शोभा चौलागाईको अध्यक्षतामा ११ सदस्यि वडा बालअधिकार संरक्षण समिति समेत गठन गरिएको छ । कार्यक्रममा बालसंरक्षण, बालअधिकार शासन फिल्ड अधिकृत भिमप्रसाद उपाध्याय, शिक्षा फिल्ड अधिकृत रमेश शाही, यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमका फिल्ड अधिकृत कमला कठायत, जलवायु परिवर्तनका फिल्ड अधिकृत महेशराज डाँगी सहित शिक्षक, स्वास्थ्यक्रर्मी र वडाका अन्य कर्मचारीकोहरुको सहभागीता रहेको थियो । पि अार सिम्खडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित