प्रकाश बहादुर शाही
कालीकोट वैशाख २७ गते ।जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाले शिक्षा, बालअधिकार, जलवायु परिवर्तन र स्वास्थ्यका लागि सहयात्रा संग पाँच वर्षे सहयात्रा गर्ने भएको छ । गाउँपालिकामा बढिरहेको बालबिवाह न्युनिकरण गर्न, वड्दो जलवायु परिवर्तनका असरसंग जुद्न, खस्कीदो शैक्षिक गुणस्तर सुधार गर्न र यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्राप्तीका लागि सहयात्रा परियोजना संग साझोदारी सुरु गरेको हो ।
आज गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि अन्तराष्ट्यि गैरसरकारी सँस्था सेभ द चिल्ड्ेनको सहयोगमा कर्णाली एकिकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालसंगको साझेदारीमा सहयात्रा परियोजना तेस्रो सुभारम्भ गरिएको हो । गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले आफुलाई वजेट भन्दा पनि नागरिकहरुको बानीमा परिवर्तनका लागि सहयोग गरे पुग्ने बताउनुभयो । वजेट म आफै ब्यवस्थापन गर्छु मेरो गाउँपालिकामा रहेका सबै नागरिकलाई सबै क्षेत्रमा सहयात्रा गर्ने क्षमताको बिकास गराउन सहयात्रा परियोजना संग साझेदारी गरेको सुनाउनुभयो ।
अध्यक्ष चौलागाईले कसैले पनि गैरसरकारी सँस्थालाई गाउँपालिकामा राजनिति बिषय संग जोडेर आलोचना नगर्न समेत सुझाव दिनुभयो । मैले सेभ द चिल्ड्ेनसंग आग्रह गरेर सहयात्राका लागि सहयात्रा परियोजना लागु भएको भन्दै अध्यक्षले पाँच वर्षमा गाउँपालिकामा शिक्षा, बालअधिकार, बालसंरक्षण, यौन तथा प्रजनन स्वास्थ्य, पोषण र जलवायु परिवर्तनका नकारात्मक असर संग अनुकुलन हुन सिप, क्षमताको बिकास गरिदिन साझेदार सँस्थालाई आग्रह गर्नुभयो । परियोजनाका वारेमा जानकारी दिदै सेभ द चिल्ड्े्न सुर्खेत कार्यालय सहयात्रा तेस्रो परियोजनाका परियोजना ब्यवस्थापक बिष्णु कुमार बमले नागरिक समाज र स्थानीय सरकारको क्षमता बिकासमा काम गर्न आफुहरु तातोपानी पुगेको बताउनुभयो ।
गाउँपालिकासंगको साझेदारीमा शिक्षा, स्वास्थ्य, वालअधिकार र जलवायु सम्वन्धीका सबै काम सहयात्रा परियोजना मार्फत गर्न खोजेकाले आज यो शुभ साईत पारिएको बताउनुभयो । स्थानीय सरकारको माग अनुसार आफुहरु सहयात्रा तेस्रोमा जुम्ला पुगेको भन्दै प्रदेशकै नमुना काम गर्न साझेदार सँस्था किर्डाक नेपाल र गाउँपालिकालाई आग्रह गर्नुभयो । सेभ द चिल्ड्ेनका शिक्षा संयोजक दिलकुमार क्षेत्रीले शिक्षामा गुणस्तर सुधार, न्युनतम सिकाई उपलब्धी हासिल गर्न र स्थानीय खाद्य वस्तुको प्रयोगबाट पोषणमा सुधार ल्याउने उद्देश्यले काम हुने बताउनुभयो ।
वालअधिकार वालसंरक्षण सयोजक जुठीराम चौधरीले सानै उमेरमा हुने बिवाह न्यनिकरण, बाल अधिकारको लागि बिभिन्न निति बनाएर लामो समय सकारात्मक प्रभाव पार्ने काममा कार्यक्रम केन्द्रीत हुने बताउनुभयो । सरकारको दिगोबिकास लक्ष्य प्राप्ती गर्नका लागि पनि बालवालिकामा लगानी गर्नु बताउनुभयो । सबै सुधारका लागि तातोपानीमा त्रिपक्षिय सम्झौता अनुसार काम गर्न जुटेको सहयोगी सँस्थाको भनाई छ । किर्डाक नेपाल जुम्लाका संयोजक दिपराज रावतले बिगत २५ बर्ष देखि कर्णालीको दिगो बिकासका क्षेत्रमा काम गदै आएको भन्दै जुम्ला नाग्म ३५ किलोमिटर सडक निमार्ण गरेकै कारणले राज्यले कर्णाली चिनेको र अहिले कर्णालीको प्रतिनिधित्व राज्यका हरेक बिकासे आयोजनामा हुने गरेको बताउनुभयो ।
सामुदायिक रेडियो प्रशारक संघ अकोराव कर्णाली प्रदेश अध्यक्ष गोरखवहादुर थापाले किर्डाक नेपालका सँस्थापक अध्यक्ष मिनवहादुर शाही र निर्देशक कुसेन्द्र महत राष्ट्यि योजना आयोगको सदस्य बन्ने क्षमता यही फोरमका कारणले बनेको भन्दै राज्यका हरेक निति निमार्णमा किर्डाकले सहयोग गदै आएको जानकारी दिनुभयो । सहयायात्रा परियोजना पहिलो र दोस्रो कालीकोट जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा काम गरेको थियो । तेस्रो परियोजना कालीकोट संगैे जुम्ला, दैलेख, जाजरकोटमा सुरु गरेको छ । पत्रकार प्रकाश शाहीको सहयोगमा ।





