उद्योग वाणिज्य संघ अध्यक्षमा रतन शाही बिजयी

उद्योग वाणिज्य संघ अध्यक्षमा रतन शाही बिजयी

प्रेमराज सिम्खडा
कालीकोट वैशाख १३ गते । कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रतनवहादुर शाही निर्वाचित हुनुभएको छ । उहाँले तिलवहादुर शाहीलाई ४३ मतले पछि पादै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । रतन वहादुर शाही अघिल्लो कार्यकालमा नेपाली काग्रेस निकटका ब्यापारी डिलवहादुर शाहीलाई ४४ मतले पछि पादै निर्वाचित हुनुभएको थियो । तत्कालीन एमाले निकट शाही पछिल्लो समयमा नेकपा एकिकृत समाजवादीमा आबद्ध हुनुहुन्छ ।
बिजयी शाहीले २७३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी तिलवहादुर शाहीले २३० मत प्राप्त गर्नुभयो । दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका रतनवहादुर शाही र तिलवहादुर शाही प्यानका छासमिस उम्मेदवार बिजयी भएका छन । रतन वहादुर शाही प्यानलबाट नेपाली काग्रेस निकट ब्यापारी भद्रवहादुर शाही सचिव र खगेन्द्र पाण्डे कोषाध्यक्षमा निर्वाचित भएका छन ।
उता तिलवहादुर शाही प्यानलमा एमाले निकट उम्मेदवार जनकवहादुर शाही वरिष्ट उपाध्यक्ष, कमलराज वराल महासचिव र दृतिय उपाध्यक्षमा नेकपा माओवादी निकट ब्यापारी गौरीप्रसाद सज्याल बिजयी भएका छन । बरिष्ठ उपाध्यक्षमा जनकवहादुर शाहीले २५२ मत प्राप्त गर्दा उहाँको निकतम प्रतिस्पधी भानुभक्त शर्मा आचार्यले २१९ मत प्राप्त गर्नुभयो । दृतिय उपाध्यक्ष गौरीप्रसाद सज्यालले २५४ मत प्राप्त गर्दा कृष्णप्रसाद उपाध्यायले २०८ मत प्राप्त गर्नुभयो ।
महासचिवमा कमलराज वरालले १७८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी निकट ब्यापारी धनन्जय अधिकारीले १५४ मत प्राप्त गर्नुभयो । महासचिवमा स्वतन्त्र लढेका नेकपा एस निकटका ब्यापारी जिवन कुमार शाहीले १२० मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा खगेन्द्र पाण्डेले २३७ र निकटतम प्रतिस्पर्धी मणिराम पाण्डेले २१३ मत प्राप्त गनुएभयो । सचिवमा भद्रवहादुर बमले २६१ मत पाउदा उहाँका प्रतिस्पर्धी प्रेमवहादुर शाहीले १९६ मत प्राप्त गर्नुभयो । छ पदाधिकारीमा दुवै प्यानलका तीन÷तीन जना बिजयी भएका हुन ।
दुई सदस्य पदका लागि भएको मतदातामा पनि दुवै प्यानलका एक एक जना बिजयी भएका छन । सबै भन्दा धेरै गणेश धमालाले २७० मत प्राप्त गर्नुभयो भने त्यसपछि बिरेन्द्र न्यौपानेले २०८ मत प्राप्त गरेर निर्वाचित भएका छन । उहाँहरुका प्रतिस्पर्धी जनक देवकोटाले १८७ र धनलाल अधिकारीले १३६ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृत कृष्णप्रसाद आचार्यका अनुसार यस अघि दलित सदस्य र महिला सदस्य नेकपा एमाले निकटका पुर्णवहादुर सुनार र रन्जना शाही निबिरोध निर्वाचित भएका थिए ।
सदस्यता नविकरण बिवाद, कानुनी प्रक्रियामा केही समस्या देखिएपछि एक महिना अघि स्थगित भएको कालीकोट उद्योग वाणिज्य संघको २१ औ चुनावी सभामा सहमतीको प्रयास असफल भएपछि दुई समुहमा बिभाजित भएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । केन्द्रको सत्ता गठवन्धन उद्योग वाणिज्य संघको चुनावका लागि दुई भागमा बिभाजित भएको थियो । अध्यक्ष सहित प्यानलै बनाएर सत्ता गठवन्धन नेकपा एमाले र माओवादी केन्द्र सहित सत्ता वाहिरको राप्रपा एक समुहमा उभिएको थियो भने सत्ताकै अर्को घटक नेकपा एस, प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस, नेपाल मजदुर किसान पार्टी लगाएत मिलेर अर्को समुह बनेको थियो । बुधवार भएको मतदान आज बिहान दश वजे गणना भएर सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित