प्रेमराज सिम्खडा
कालीकोट चैत १८ गते । ग्रामिण क्षेत्रको बिकासका लागि राष्ट्रिय आयोजना, सडक, जलबिधुत, खानेपानी हुनै पर्छ । सबै भन्दा पहिला सडक भएन भने अन्य बिकासका पुर्वाधार बन्न पनि समस्या हुने गर्छ । कालीकोटमा पछिल्लो समय कर्णाली लोकमार्ग र कर्णाली करिडोरले यहाँको बिकासमा राम्रो प्रभाव परेको छ । तर बिकासले केही असर पनि गरिरहेको छ ।
बिस्पोटक पर्दाथ, स्र्काभेटरको प्रयोगले जमिन कम्जोर भएर सामान्य बर्षा हुदा पनि वाढी पहिरो आउने क्रम वढेको छ नै । संगै बिकासका नकारात्मक असरका रुपमा परमपरागत संरचना पनि ध्वस्त हुदै गएका छन । पर्यटकिय हिसावले अवलोकन गर्न लायकका घरहरु जिर्ण भईरहेका छन भने मठमन्दीरका स्वरुप पनि फेरिएका छन ।
झुम्म परेको जङगलमा रहेका देवीदेवताका (थान) मन्दीरलाई खुला ठाउँमा सारेर जस्ता पाताले छोप्दा मन्दीरको बिशाल प्रभाव हराएको छ भने काठले बनेका घरका छाना जिर्ण पारेर जस्ताले छाना छाउदा रैथाने घरको महत्व पनि हराएको छ । तिलागुफा नगरपालिका वडा नं ६ का स्थानीय तथा नेपाली काग्रेस कालीकोटका सभापति अम्मवहादुर शाहीले देवदारका काठले छाएका घरका छाना बिस्थापन हुदा बस्तीको आक्रषण लोभ भएको बताउनुभयो ।
सभापति शाहीले ढुङगाले बनेका घर, कमेरो माटोले लिप्पोत गरेका घरका पर्खाल र काठले छाएका छाना बिस्थापन हुदा रैथाने बस्तुको अपमान भएको सुनाउनुभयो । काठले छाएका घर अव मैरै गाउँको खल्लामा अलि अलि छन । अरु सबैमा जस्ता प्रयोग भईसकेको छ । यि घरलाई जोगाउन आफुले प्रयास गरेपनि घरधनीले सडकमा पक्की घर माथि जस्ताका छाना लगाएर बसेकाले वास्ता गर्न छोडेको बताउनुभयो । आफ्नो गाउँ जुबिथामा पनि पुराना हस्तकलाका घरहरु भत्काउने गरिएको बताउनुभयो ।
कालीकोटका गा्रमिण क्षेत्रमा बनेका पुराना घरमा हस्तकला प्रयोग भएका थिए । झ्याल, ढोका, वाहिरको बनावट निकै लोभ लाग्दा छन । तर ति घर सडक पुगेसंगै भत्केका छन भने सिमेन्टको गारो लगाएर माथि जस्ताका पाताले छाना छोप्ने गरिएको छ । स्थानीय सरकारले पनि पुराना घरको संरक्षणमा चासो दिएको छैन । बरु खरका छाना मुक्क्त गर्ने नाममा परम्परागत घर काठका छाना भएका पर्यटकिय हिसाव अबलोकन गर्न लायकका घरहरु बिस्तापन गदै आएका छन । यस अघि तिलागुफा नगरपालिका, पचालभरना गाउँपालिका, खाँडाचक्र नगरपालिकाले यस्तै योजना अघि सारेका थिए ।
सरकारले रैथाने बस्तुको महत्व नबुझेका कारणले बस्तीको पहिचान घुमिरहेको गाउँका बुढापाकाहरुको भनाई छ । रास्कोट नगरपालिका वडा नं ३ का बुद्धीजिबि ८२ बर्षिय पदमनाथ योगीले स्थानीय सरकारको नेतृत्व फेसनवालाले गरेका कारणले परम्परा, संस्कृती, रिति रिवाज हराउदै गएको बताउनुभयो । मन्दीमा जस्ता लगाउछन भने त्यो मन्दीरको महत्व के रहयो योगीले निकै भावुक हुदै भन्नुभयो, हराय हामी संगै हाम्रा पुर्खाले संरक्षण गरेर राखेका सबै रैथाने गुमेको गुनासो गर्नुभयो । खाने खाद्यान्न देखि लगाउने लुगा र बासका लागि बन्ने घरहरु समेत हराय शहरिया फेसनले प्रभाब जमाएको उहाँको भनाई छ ।
बिपदवाट जोगिन अर्थात भुकम्पवाट क्षती कम गर्नका लागि रड सहितका घर बन्नुमा वुढापाकाको गुनासो छैन । खासमा भन्ने हो भने सिगारपटार गरिएका घर भन्दा परम्परागत घर निकै बलिया हुने गरेको दावी पनि स्थानीयको छ । घरको (बान्ना) पर्खाले एक मिटर चौडा छन । त्यसैले पनि स साना भुकम्पले प्रभाव नपार्ने र घरका छाना समेत खर र काठका हुदा भार पनि कम हुने गरेको दावी वुढापाकाहरुको छ । गोरखापत्रवाट





