युवा शसक्तीकरणको प्रयास गरिदै

युवा शसक्तीकरणको प्रयास गरिदै

प्रेमराज सिम्खडा
कालीकोट चैत ५ गते । कालीकोट जिल्लाका स्थानीय तहले युवालाई शसक्तीकरण गराउने माध्यमको खोजि गरेका छन । प्रया युवा चुनावको बेला मात्र परिचालन हुने अबस्थालाई न्युनिकरण गरेर सधै समाज रुपान्त्ररण र नेतृत्व बिकासमा युवालाई जोड्न युवा शसक्तीकरणको प्रयास गरिन सुरु भएको हो ।
एक स्थानीय गैरसरकारी सँस्था मानव अधिकार तथा वातावरण बिकास केन्द्र ( हुरेन्डेक) नेपालले जिल्लाका सबै युवालाई भेला गरेर नेतृत्व बिकासका लागि छलफल सुरु गरेको हो । शसक्त बालिका परियाेजना सञ्चालन भएका रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका साथै जिल्लाका नौ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी भेला गरेको छ ।
होटल सनलाईटमा जारी जिल्ला स्तरिय युवा भेलामा सहभागी जिल्ला समन्वय समितिका प्रमुख धनजितवहादुर शाहीले दिगो बिकासका लागि युवालाई संगठित गर्नु पर्ने बताउनुभयो । प्रमुख शाहीले चुनावको बेला मात्र सबै राजनिति दलले युवालाई सम्झीने परिपाटी नै बसेको भन्दै अब स्थानीय सरकारले युवा शसक्तीकरणका कार्यक्रमको बिकास गर्नु पर्ने बताउनुभयो ।
राष्ट्यि युवा नितिले तोकेको उमेर समुहका केही युवालाई सकारात्मक सोचको बिकास गराउन गैरसरकारी सँस्थासंग मिलेर काम गर्नु पर्ने बताउनुभयो । भेलामा आफ्नो बिचार राख्दै रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले युवा स्वरोजगारका लागि आफ्नो नगरपालिकाले केही गर्न खोजेको बताउनुभयो ।

नरहरीनाथ गाउँपालिका अध्यक्ष नगिन्द्रवहादुर बिष्टले स्थानीय सरकारमा श्रोत नभएकाले संघ र प्रदेश सरकारले नै युवा क्षमता बिकास कार्यक्रम तय गर्नु पर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले ब्यरोजगारीका कारणले युवा कुलतमा लाग्ने गरेको भन्दै संघ सँस्था र स्थानीय सरकारले युवा केन्द्रीत कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

भेलामा सहभागीले युवालाई स साना लोभ देखाएर घेरामा राख्ने परिपाटी दलले अन्ते गर्नु पर्ने प्रतिक्रिया दिएका छन । युवामा लगानी भन्दा पनि प्रयोग मात्र गर्ने चलनको अन्ते गरेर अन्तराष्ट्यि बजारमा खपत हुने युवाको क्षमता बिकासमा जोड दिन स्थानीय सरकारलाई आग्रह गरेका छन। सँस्थाका कार्यवहाक अध्यक्ष बिरेन्दवहादुर वुढाले युवालाइ केन्द्रीत गरेर सामाजिक नेतृत्व बिकासका लागि बिषेश जाेड दिने गरेकाे बताउनुभयाे । उहाँले युवाकाे भेलाले नयाँ युवा सञ्जाल समेत गठन गरेकाे बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित