खड्का द्धारा जिल्लामै होम पाईप उद्योग स्थापना

खड्का द्धारा जिल्लामै होम पाईप उद्योग स्थापना

प्रेमराज सिम्खडा

फागुन २० गते ।  जुम्ला जिल्लामा इन्जिनियर चन्द्र खड्काले होम पाईपको उद्योग सञ्चालनमा ल्याउनु भएको छ । खड्काले एक करोड बढी लगानीमा आफै होम पाइप उद्योग खोल्नु भएको हो ।
उद्योगको शनिवार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण बहादुर बिसीले एक समारोहबीच उद्घाटन गर्नु भएको हो । मन्त्री जिसिले सबै नागरिकमा खड्काको जस्तै ब्यवसाय गर्ने मन भएमा नेपाल समृद्ध हुन समय नलाग्ने बताउनुभयो ।
उहाँ आफै शहरी बिकास कार्यालयको इन्जिनियर हुनुहुन्छ । तलव पुग्ने जति छदै थियो, तर पनि उद्योग स्थापना गरेर केही अरुलाई राजगारी दिन सक्षम हुनुभएको प्रति हार्दिक धन्यावाद छ मन्त्री जिसिले भन्नुभयो ।
खड्का होम पाइप उद्योगकी संचालक रामदेवी खड्काले उद्योगले एक फिट देखि चार फिटसम्मका होप पाइपहरु निर्माण गरिने जानकारी दिनुभयो । हाम्रो उद्योगमा सबै प्रकारका होम पाइपहरु उत्पादन हुनेछन । होम पाइपको लम्बाई साडे दुई मिटरसम्मको हुन्छ,’ उहाँले भन्नुभयो, यस अघि बाहिर जिल्लाबाट होम पाइप ल्याएर निर्माण गर्नुपर्ने बाध्यता थियो, अव त्यो टर्ने बिश्वास खड्काको छ । खड्का दम्पती श्रीमान चन्द खड्का शहरी बिकास कार्यालयका इन्जिििनयर हुन भने रामदेवि खड्का चन्द्रनाथ नगरपालिका उपप्रमुख हुनुहुन्छ ।
सडक निर्माण गर्दा खोला र ढलको निकास गर्न सहज हुने होम पाइप जुम्लामै खरिद गर्दा सस्तो पर्ने र सहज हुने निर्माण व्यवसायीहरुको भनाई छ। गाडी भाडा बच्ने छ भने समयको समेत वचत हुने निमार्ण ब्यवासायीहरुको बिश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित