उत्साहित कालीकोट बासि,सधै बन्चीत बिकल्पले पाए बल्ल अबसर

उत्साहित कालीकोट बासि,सधै बन्चीत बिकल्पले पाए बल्ल अबसर

प्रेमराज सिम्खडा
कालीकोट माघ १७ गते । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ७ का बिष्णुवहादुर बिश्वक्रर्मा बिकल्प ३४ वर्षपछि कर्णाली प्रदेशबाट बिहीबार राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभयो । सधैका उम्मेदवार तर कहिलै लाभको पदमा जान नपाएका बिकल्पले यसपालि भने राष्ट्यि सभामा जाने अवसर पाउनुभएको छ । २०४६ सालको जनआन्दोलन देखिका एक संघर्षशिल पात्र राष्ट्यि सभामा प्रवेश भएसंगै कालीकोटका नागरिकमा उत्साह छाएको छ । बिष्णुवहादुर बिश्वक्रर्मा बिकल्पलाई चिन्नेहरुले बल्ल न्याय पाएको अर्थ दिन थालेका छन ।
राष्ट्रिय सभाका पुर्व सदस्य जीवन बुढाले बिष्णु वहादुर बिश्वक्रर्माका वारेमा यसरी ब्यक्त गर्नुभयो माओवादी भित्रका कर्णालीका इमानदार नेता, सामाजिक संरचनामा दलित समुदायका, भौगोलिक संरचनामा कर्णाली क्षेत्रका अग्रमोर्चामा लागेका । व्यक्तिगत स्वभावमा इमान्दारिता भएका, समग्रमा कर्णालीका इमान्दार दलित नेता हुनुहुन्छ । उहाँबाट माओवादी पार्टीले धेरै अवसर लियो, तर उहाँलाई अबसर यसपालिका दिएको वुढाको भनाई छ । बुढाले बिश्वक्रर्मालाई समाज र राजनीतिमा एक सामान्य व्यक्तिले भन्दा गह्रुँगो भारी बोकेर हिंडेका योद्धाका रूपमा उहाँलाई चिन्नु पर्छ भन्नुभयो । धेरै समिक्षा पनि यसपालिका उहाँलाई राष्ट्यि सभामा लिन नेकपा माओवादी केन्द्र तयार भएको थियो ।
उहाँका वारेमा माओवादी पार्टीमा मात्र होइन अन्य पाटीका कार्यकर्ता समेत उत्साहित छन । पटक पटक चर्चामा आएकाले बल्ल अवसर पाएको भन्दै खुसि साटिरहेका छन । भुमिगत काल पछि भएको पहिलो संबिधान सभा २०६४ मा समानुपातिक उम्मेदवारको सुचिमा उहाँको नाम थियो । तर एकै गाउँका नातेदार खड्कवहादुर बिश्वक्रर्मा प्रकाण्डले प्रत्यक्ष चुनाव जितेकाले उहाँको संबिधान सभा प्रवेश रोकिएको थियो । त्यस यता २०७०, २०७४ मा पनि समानुपातिकमा नाम राखियो । त्यो बेला पनि अवसर पाउनुभएन । २०७९ सालमा पनि प्रदेश सभामा निकै कुरा चल्यो । त्यस उता स्थानीय चुनावमा पनि अध्यक्षमा चर्चा भयो । तर गठवन्धन गर्नु परेकाले उहाँ पछि हट्नुभयो । हरेक चुनावमा चर्चाको बिषय बन्दै गएका बिकल्पको यसपालिको राष्ट्यि सभा प्रवेशले भने पुर्णता पाएको छ । यही खुसियाली कालीकोटमा चलिरहेको छ ।
संघर्षको सुरुवात
कालिकोटको मालकोटले माओवादी युद्ध अघिपनि जातीय उत्पीडन विरुद्ध पटकपटक विद्रोह पाईन्छ । त्यही मालकोटमा जन्मिएका विष्णुको परिवारमा ६ जना दिदीबहिनी र ४ जना दाजुभाइ गरी १० जना भाइबहिनी छन । उहाँ परिवारका माइला छोरा । दलित समुदाय, त्यसैमा ठूलो परिवार । सबैले पढ्ने अवसर पाउन सम्भव थिएन । तर धेरै संघर्षका बिचमा उहाँले माधयमिक बिद्यालय सम्मको अध्यान पुरा गर्नुभयो । उ बेला गाउँका पढेका थोरै हुन्थे । बिद्यालयको शिक्षक पनि वाहिरवाट बोलाउनु पर्ने अवस्थामा पनि बिष्णुवहादुरले गाउँमा जागिर पाउनु भएन ।
पाँच पटक सम्म प्रयास गर्दा पनि जातियताकै कारणले उहाँलाई शिक्षक स्वीकार गरिएन । त्यसैबेला कुनै पनि नेताको सम्पर्क बिना २०४६ सालको आन्दोलनमा सहभागी हुनुभयो । बिश्वक्रर्माको त्यही समयमा नेपाल मजदूर किसान पार्टीका नेता हिक्मत विष्टसँग भेट भयो । जो अहिले नेपाली काग्रेसको तर्फवाट कर्णाली प्रदेश सभा सदस्य हुनुहुन्छ । बिष्ट पार्टीका जिल्ला अध्यक्ष रहेछन्, तर विश्वकर्मालाई थाहा थिएन । विष्टले नै उहाँलाई संगठनमा जोडेर सदस्यता दिएका रहेछन । २०४७ साल वैशाख १० गतेदेखि उहाँ औपचारिक रूपमा कम्युनिस्ट आन्दोलनमा जोडिनुभयो ।
त्यसपछि २०४९ सालमा नेमकिपा र संयुक्त जनमोर्चाले मिलेर स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरे । विश्वकर्मा दुवै राजनीतिक दलका तर्फबाट मालकोट गाविस अध्यक्षका साझा उम्मेदवार भएर जित्नुभयो । चुनाव जिते पनि आफूलाई दलित समुदायको भएकै कारण जनप्रतिनिधिका हिसाबले काम गर्न सहज नभएको अनुभव उहाँसंग छ । मालकोटमा परिवर्तनका काम गर्न खोजेपछि झडप भएको र दलित समुदायमाथि हातपात भएका कैयौं घटना उहाँसंग ताजै छन । निर्वाचित भएको दुई वर्षपछि ०५१ सालमा मध्यावधि चुनाव भयो । त्यतिबेला नेमकिपाले संसदीय व्यवस्था उपयोग गर्ने भन्दै चुनावमा भाग लियो । जनमोर्चाले चुनाव बहिष्कार ग¥यो । तत्कालीन व्यवस्थासँग असन्तुष्ट रहेका विश्वकर्माले नेमकिपा छाडेर जनमोर्चा रोज्नुभयो । तर ०५४ सालसम्म उहाँको कार्यकाल बाँकी रहेकाले पार्टीले उहाँलाई भूमिगत नभइकनै काम गर्ने जिम्मेवारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित