उच्च रक्तश्राव भएपछि हेलिकोप्टर द्धारा उद्धार

उच्च रक्तश्राव भएपछि हेलिकोप्टर द्धारा उद्धार

प्रेमराज सिम्खडा
कालीकोट पुस १३ गते । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामीडाडा स्वास्थ्यचौकीवाट एक महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । एक महिना अगाडी बच्चा क्युरिट ( पोष्ट अब्रेटिक एर्बशन) गरेका कारण उच्च रक्तश्राव भएका कारणले प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।
वडा नं १ रामीडाँडा पाँच नम्वर टोलकी ३८ वर्षिय शुशिला खड्काले एक महिना अगाडी आधारभुत अस्पताल लिम्सामा (पोष्ट अब्रेटिक एर्बशन) बच्चा क्युरिट गराउनु भएको थियो । रामीडाडा स्वास्थ्य चौकीमा कार्यरत अनमी सपना वुढाले अहिले एक्कासी धेरै रगत बगेको र यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टर मार्फट खड्काको उद्धार गरिएको बताउनुभयो ।
शरिरमा रगतको मात्र छैन । रोकिन पनि नरोकिएकाले यहाँ उपचार सम्भव नभएको वुढाको भनाई छ । खड्काको यस अघि दुई बच्चा अप्रेसन गरेर जन्माउनु भएको थियो । तेस्रो बच्चा पेटमा बसेपछि क्युरिट गरिएको हो । भूकम्पको केन्द्रबिन्दु रामीडाँडामा त्रिपालमुनि बस्दै आउनु भएकी खड्काकाे रक्तश्राप हुनुमा कम्जोरी र कामको चाप भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित