बारेकोटका भूकम्प प्रभाबितका अस्थाइ घर निर्माण हुदै

बारेकोटका भूकम्प प्रभाबितका अस्थाइ घर निर्माण हुदै

प्रेमराज सिम्खडा
कालीकोट पुस १२ गते । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडाका भूकम्प प्रभाबितलाई अस्थाई टहरा निमार्णका लागि जस्तापाता प्रदान गरिएको छ । घर निर्माणका लागि जस्ता लगाएतका निर्माण सामाग्री प्रदान गरिएकाे हाे ।  कार्तिक १७ गते राती भूकम्पको केन्द्रबिन्दु बनाएको वारेकोट १ रामीडाँडाका नागरिकलाई अस्थाई टहराका लागि जस्तापाता लगाएतका सामाग्री प्रदान गरिएको छ ।
कर्णाली एकिकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल)ले रामीडाँडा र वडा नं ५ का नागरिक गरि एक करोड ३० लाख लगानी गरेर दुई सय घर परिवारका अस्थाई टहरा निमार्ण गर्न लागेको हो । अस्थाई टहरा निमार्णका लागि खटिनु भएका प्राबिधिक भिमप्रसाद उपाध्यायले किर्डाकले बनाउने दुई सय टहराको काम ६० प्रतिसत सकिएको बताउनुभयो । उहाँले हामी १५ दिनमा सक्ने गरि काममा लागेका छौ । समान आईपुगेकाले अव स्थानीय वस्तुको जोहो गरेर तत्काल टहरा निमार्ण सक्पन्न हुने बताउनुभयो ।
राँमीडाँडा दलित आगर वस्ती निमार्णमा खटिनु भएका अर्का प्राबिधिक मानवहादुर ऐडीले सबै भन्दा पहिला वालवालिका, बृद्धबृद्धा, अपांग भएका घर परिवारका टहरा निमार्णमा जोड दिएको बताउनुभयो । किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द्रवहादुर शाहीले भूकम्प प्रभाबित क्षेत्रका नागरिकलाई त्रिपालमुनिको वासवाट मुक्त गर्नका लागि दुई जना इन्जिनियर सहित दश जना प्राबिधिक, एक जना कार्यक्रम सयोजक र एक जना मनोसामाजिक परामर्शदाता बारेकोटमा खटाएको बताउनुभयो ।


टहरा निमार्णका लागि प्राबिधिक टिमको नेतृत्व गर्नु भएका इन्जिनियर भिमसेन नेपालले सरकारको सहयोगका लागि आफुहरु किर्डाक नेपाल मार्फत भूकम्प प्रभाबित क्षेत्रमा आएको बताउनुभयो । उहाँले हामी छिट्टै टहरा निमार्ण गरेर नागरिकलाई वासमा राखेर जाने बताउनुभयो । किर्डाक नेपालका कार्यक्रम सयोजक गोविन्द कठायतले बारेकोट १ राँमीडाँडा र वडा नं ५ मा गरेर दुई सय टहरा निमार्ण हुने र दश वटा थप ड्यामो निमार्ण गरिने बताउनुभयो ।यसमा सहयाेग एच अाइ, पिन र किर्डाक नेपालकाे सयुक्त लगानी रहेकाे सुनाउनुभयाे । वडा न‌ १ कै दलित अागर, माथि अागरमा पनि समान बितरण भइसकेकाे छ ।
ति नमुना घरवाट सरकारलाई पनि सहयोग होस, सरकारी माप्दण्डमै नमुना घर निमार्ण गरेर पुर्ननिमार्णमा सहज बनाउन खोजेको बताउनुभयो । एक करोड ३० लाख वजेट दुई सय जना घर परिवारको अस्थाई टहराका लागि प्रत्यक्ष खर्च हुने छ भने कर्मचारी ब्यवस्थापन परिचालनमा पनि केही वजेट खर्च हुने भएकाले खर्च अनुसारको उपलब्धी गर्न सबै नागरिकले समानको संरक्षण गरेर भरपुर उपभोग गर्न अनुरोध गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित