कर्णाली करिडोरका चालक अस्ताय

कर्णाली करिडोरका चालक अस्ताय

प्रेमराज सिम्खडा
कालीकोट असोज ३० गते । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ३ सिस्नेगडामा वोलेरो जिप दुर्घटना भएको छ । ग १ ज ५७९५ नम्वरको डबल क्याप बोलेरो मंगलवार बिहान ३ वजे तिर दुर्घटना हुदा कर्णाली करिडोरका चालक सक्कल शाहीको घटना स्थलमै निधन भएको हो । उहाँको नाम शुशिल शाही भएपनि सक्कल नामले परिचित हुनुहुन्थ्यो ।


२०७३ सालमा कर्णाली करिडोरको जिते सान्नीघाट सडक खण्ड खुल्दा करिडोरका पहिलो चालक हुन सक्कल । उ बेला करिडोरमा बोलेरो चलाउने मध्यका एक दक्ष चालक शाहीलाई ३० गते बिहान ३ वजेको त्यो साईत नशुभेका कारणले करिडोरमै सक्कल अस्थाएका हुन । रास्कोट नगरपालिका वडा नं ७ निवासि शाहीले ८ वर्ष सम्म कर्णाली करिडोरमा गाडी चलाउनुभयो ।
हसिलो अनुहारका मिलनसार चालक शाहीको गाडीमा यात्रा गर्ने मात्र होइनन सहपाटी चालक र काउण्टरका स्टाप समेत उहाँवाट निकै प्रभावित थिए । कसैसंग तिक्तता नराख्ने सक्कल अस्थाय संगै करिडोर स्तब्द भएको छ । दशैमा गाउँ फर्किनेहरुलाई छिटो उद्धार गर्नु पर्छ भनेर राती पनि नभनेर जिते तर्फ आउदै गरेका बेला बोलोर करिडोरको लिक छोडेर कर्णाली नदी तिर हुत्तीयो । गाडीमा एक जना साथमा भएपनि उनि हाम फालेर भागेको स्थानीय अनि बिष्टले बताउनुभयो ।


बिष्टका अनुसार गाडी लिकबाट तल गएका बेला साथमा रहेका एक जनाले हाम फालेको र गाडी ब्याक गर्न खोजेका बेला भिरमा हुत्तीयर दुघटना भएको अनुमान छ । ढिलो गरी खवर भएकाले घटना स्थल पुग्दै गर्दा नदी किनारमा मृर्त शव उछिटिएको प्रहरीको भनाई छ । साथमा रहेका ब्यक्तिको खोजि भईरहेको छ । उनि खाँडाचक्र नगरपालिका वडा नं ११ का एक युवा रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित