कालीकोटका नारायणको इजरायलमा निधन

कालीकोटका नारायणको इजरायलमा निधन

प्रेमराज सिम्खडा
कालीकोट असोज २३ गते । कालीकोट पलाँताका एक युवाको इजरायलमा निधन भएको छ । पलाँता गाउँपालिका वडा नं १ खाडा घर भएका र हाल कैलालीको घोडाघाडी नगरपालिका वडा नं ४ जनकपुर बस्दै आउनु भएका नारायाण प्रसाद न्यौपानेको हमास बिद्रोहीको आक्रमणमा परेर निधन भएको हो ।
कालीकोट शुभकालिका गाउँपालिका पुर्व अध्यक्ष खडानन्द चौलागाईले मेरा मित्र नारायण प्रसाद न्यौपानेको इजरायलमा प्यालेस्टाईनी बिद्रोही समुह हमासले गरेको आक्रमणमा परेर दिन भएको खवरले आफु लगाएत सबै दुखि भएको बताउनुभयो । मेरो निकै चिनजानको मित्र हो । उहाँको नाम आउने बितिकै मैले खोजि गदै गए । उताको ठेगानामा कैलाली घोडाघोरी भनिएको रहेछ । तर उहाँ पलाँता गाउँपालिका वडा नं १ खाडाको नागरिक हुनुहुन्छ । दश जना नेपाली संगै उहाँको पनि निधन भएको चौलागाईले पुष्टी गर्नुभयो ।
कृषि अध्यानका लागि न्यौपाने सुदुरपश्चिम बिश्वबिद्यालयवाट इजरायल जानु भएको थियो । ठुलो सपना वोकेर पराईको मुलुक पुग्नु भएका न्यौपाने इजरायलमै अस्थाएपछि घर परिवारमा सन्नाटा छाएको छ । कस्तो सपना थियो, नारायणको, पुरा हुन त परको कुरा जिवित नेपाल फर्किन समेत नपाउदा घर परिवारमा थप पिडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित