कालीकोट समाचारदाता
कालीकोट साउन ७ गते । २०७४ यता कालीकोटका स्थानीय सरकारले आफ्नो पहिलो रोजाईमा राखेका सडक अहिले दश प्रतिसत मात्र प्रयोगमा छन । स्थानीय सरकारले सडक बिस्तारको कामलाई बिषेश बिकासको सुचिमा राखेका थिए । अहिले तिनै सडक प्रयोगमा नआउदा उनिहरुलाई नै समस्या परेको छ । जुनसुकै स्थानीय तहले आफ्नो निति तथा कार्यक्रमको पहिलो रोजाइमा सडक बिस्तार राखेको थिए ।
स्थानीय सरकारले गाउँमा खनेका सडक ९० प्रतिसत प्रयोगमा आउन नसक्दा सरकारी लगानी फोकटमा खर्च भएको छ । ग्रामिण सडकको ट्याँक खोल्ने, गाउँमा ठेलठाल गरेर बोलेरो जिप पुगाउने, माला थाप्ने गरेका कारणले सडक प्रयोग बिहिन भएको स्थानीयको आरोप छ । राष्कोट नगरपालिका वडा नं ४ का गोकर्ण सज्यालले सडक बिस्तार पछि त्यसको नियमित मर्मत र स्तरबृद्धी नहुदा ति सडक प्रयोग बिहिन हुदै गएको बताउनुभयो ।
मतदाताको माग र आफ्नो निति तथा कार्यक्रमलाई सफल पारेको देखाउन स्र्काभेटर लगाएर सडक बिस्तार गर्दा ग्रामिण सडक प्रयोगमा आउन नसकेको जनप्रतिनिधिले महसुस गर्न थालेका छन । रास्कोट नगरपालिकाको सामुयिक अस्पताल जाने सडक मर्मत नहुदा बिरामी सबै भन्दा मारमा परेका छन । अघिल्लो सरकारले ट्याक खोलेर उक्त सडक २०७९ सालको दोस्रो निर्वाचन यता मर्मत भएको छैन । अन्यत्रका सडक मर्मत भएपनि उक्त सडक प्रति नगरपालिकाले समेत चासो नदिएको उपभोक्ताहरुको गुनासो छ ।
राष्कोट ३ का पंखवहादुर फडेराले सडक मर्मत नभएका कारणले बिरामीलाई डोकोमा बोकेर ल्याउनु परेको बताउनुभयो । फडेरा आफैले नगरको एक्वुलेन्स चलाईरहेका छन । तर के गर्नु गाली पाउने मैले नै हो । तर मैले नै यसरी बिरामी बोकेर ल्याएको तस्वीर सामाजिक सञ्जालमा राख्दै सडक मर्मत नभएको प्रति नगर सरकारको ध्यानाक्रषण गराउनु भएको छ ।
उता तिलागुफा नगरपालिकाले भने ग्रामिण सडक सुधार गरिरहेको छ । तिलागुफा नगरपालिका वडा नं ९, १० र ११ को मुल सडक मर्मत भईरहेको पाईएको छ ।
नगर उपप्रमुख तथा योजना अनुगमन समितिका संयोजक महेन्द्रवहादुर शाहीले आर्थिक वर्ष २०७९÷०८० को भदौँ असोजवाटै सडक मर्मत तर्फ जोड दिएको बताउनुभयो । उहाँले सुरुको कार्यकालमा सबै तिर सडक पुगाउने र बिस्तारै मर्मतको काम अगाडी बढाउने लक्षका साथ काम भईरहेको दावी गर्नुभयो । भैसिगौडा रुडुबञ्चु सडक स्तरबृद्धी भईरहेका बेला अनुगमन गर्न चिल्खाया पुग्नु भएका उपप्रमुख शाहीले मौसमले साथ दिएमा यो वर्ष नगरका धेरै सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने बताउनुभयो ।

तिलागुफा नगरपलिकाले ग्रामिण सडकमा नाला बनाउने, निकै पानी जम्ने र हिलाम्मे हुने सडक खण्डमा ग्राबिल गर्ने, होमपाईप राख्ने काम सुरु गरेको छ । तिलागुफा नगरपालिकाल भित्रका वडा नं ४ देखि ३ जोड्ने सडक, नाग्म देखि वडा नं १ को कार्यालय जाने बजेरी सडक, भैसिगौडा रुडुबञ्चु सडकमा नाला बनाउने, आवस्यक परेको ठाउँमा ग्राबील गर्ने काम गरेको छ । जिल्लाका अरु स्थानीय तहले आफ्नो पालिका जोड्ने मुल सडक वाहेक अरु गाउँ जोड्ने साहयक सडक तर्फ ध्यान दिएका छैनन ।
उनिहरुले साहयक सडक तर्फ ध्यान नदिएका कारणले ९० प्रतिसत सडक अहिले जिल्लामा प्रयोग बिहिन छन । अस्तब्यस्त सडकका कारणले नागरिकले दुख पाईरहेका छन । गाउँमा सडक पुगाउने भन्दै बिना प्राबिधिक मुल्यांकन खनिएका सडकले किसानको खेतहरु पहिरोमा परिणत भएका छन भने खोला खोल्सा बगर बनिरहेका छन ।
स्थानीय सरकारले ग्रामिण सडकको समयमा मर्मत सुधार नगरे पहिरो र वाढीले ठुलो क्षती पुगाउने सबैको अनुमान छ । जिल्ला बिपद ब्यवस्थापन समितिले पनि ट्याक खोलेका सडकको समयमा मर्मत गर्न सुझाव दिएको छ । बिपद ब्यबस्थापन समितिका सयोजक प्रमुख जिल्ला अधिकारी जोरासिह माझिले ग्रामिण सडक तर्फ बिषेश चासो दिन वैठकमै छलफल भएको बताउनुभयो । गाेरखापत्रवाट ।





