कालीकोट समाचारदाता
कालीकोट साउन ४ गते । संघिय सरकारका गृहमन्त्रीको षडेयन्त्र बिरुद्ध प्रेस चौतारी नेपालले आपती जनाएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत बिरुद्ध उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले नेपाल प्रहरीको साईबर ब्यूरोमा साईबर क्राइममा फसाउन भन्दै उजुरी दर्ता गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल कर्णाली प्रदेश सहित दश जिल्ला शाखाले घोर भत्सना गरेका छन ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सबै सुरक्षा जाँच पास गरी ठूलो परिमाणमा भएको सुन तस्करी गृह नेतृत्व सहित उच्च अधिकारीको संलग्नता बिना सम्भव नहुने बिषयमा दिइएको अभिब्यक्तिलाई लिएर गृहमन्त्रीकै सचिवालयले प्रहरीमा उजुरी दिनु आपत्तिजनक एवं सत्ता उन्मादको चरम रुप भन्दै प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आपती जनाएको छ ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटिका इन्चार्ज बिष्णु शर्मा, अध्यक्ष प्रकाश अधिकारी र महासचिव प्रेमराज सिम्खडा द्धारा सयुक्त बिज्ञाप्तीमा सार्वजनिक पद धारण गरेका ब्यक्तिले सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको तर्फबाट स्पष्ट जवाफ दिनुको सट्टा मुद्धामा फसाउन कायरता भनेका छन । बिज्ञाप्तीमा संगठनका केन्द्रीय अध्यक्षलाई फसाउन प्रहरीमा जवर्जस्ती उजुरी दर्ता गराउनु स्वतन्त्र प्रेस माथिको नाङगो आक्रमण भनिएको छ ।
साथै संगठनका अध्यक्षले लेख्नुभएको कुरालाई लिएर साइबर क्राइममा उजुरी दर्ता गर्ने कुराले अनेकन प्रश्न उठाएको छ । गृहमन्त्रीको यो हर्कतले कतै गृह मन्त्रालय नेपाली प्रेस र आम नागरिकलाई आतंकित पादै निरंकुश एवं अधिनायकवादी शासन चलाउने अभ्यासमा छ भन्ने आशंका पैदा गरेको छ । उक्त बिज्ञाप्तीमा उल्लेख छ ।
बिज्ञाप्तीमा प्रेस चौतारी नेपाल निरंकुश शाही शासन सत्तासँग नझुकेको, सत्यको वकालत गर्ने र प्रश्न सोध्ने अधिकार सुरक्षित राख्ने भूमिकामा कहीँकतै चुकेको वा झुकेको छैन, झुक्नेवाला पनि छैन बिज्ञाप्तीमा उल्लेख छ । गृहमन्त्रीको सचिवालयबाट भएको यो काम अत्यन्तै आपत्तिजनक, नेपालको संबिधानले प्रत्याभूत गरेको मौलिक हक र वाक स्वतन्त्रताको समेत बिरुद्धमा छ । सत्ता उन्मादमा आएर आफूमाथि कसैले प्रश्न उठाउन नदिने योजना तत्काल फिर्ता लिएर माफी माग्न गृहमन्त्रीलाई प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले चेतावनी समेत दिएको छ ।
साथै नेपाली प्रेसको मुख थुनेर आतंकित पार्दै आफ्नो अधिनायकवादी शासन चलाउने योजना बन्द गर्न चेतावनी दिन चाहन्छौं । आफूमाथि उठेको प्रश्नको जवाफ दिनुको साटो गृह मन्त्रालय नै गैरकानूनी बाटोमा हिँड्ने यो तहको गैरजिम्मेवारपूर्ण कामप्रति प्रेस चौतारी नेपाल खेद ब्यक्त गर्दछौं । साथै हाम्रो संगठनको अध्यक्षलाई फसाउन रचिएका सबै षडयन्त्रबारे हामी जानकार रहेको सार्वजनिक गर्दै जिस्क्याउने काम भएमा त्यसबाट उत्पन्न हुने परिणामप्रति गृहमन्त्री नै जिम्मेवार हुने चेतावनी पनि दिन चाहन्छौं उक्त बिज्ञाप्तीमा उल्लेख छ । गृहमन्त्रीको उक्त रवैयाका बिरुद्ध प्रेस चौतारी नेपाल केन्द्र सबै प्रदेश र देशै भरका जिल्ला शाखाले आपती जनाएका छन । यती मुद्धा फिर्ता नलिएमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
केन्द्रीय समिति र जिल्ला समितिका बिज्ञाप्तीहरु








